News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक

बर्दिया । कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले आकाश विकको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तको बिशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि झलक विश्वकर्माले देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
विशेष अतिथि अनन्तले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए । भेलामा बाँके जिल्ला पार्टी इन्चार्ज शक्ति, बर्दिया जिल्ला पार्टी ईन्चार्ज परिवर्तन, प्रगतिशील जनसमाज समिति भारतका अध्यक्ष निर्देश, संगठनका पश्चिम कमाण्ड ईन्चार्ज दिपेन्द्र सिह ऐरी, पार्टी जिल्ला सचिव तिलक गिरी र व्युरो न्याय विभाग प्रमुख नारायण लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्ने सबै वक्ताहरुले देशको भुराजनीतिक सम्वेदनशिलाता र स्वाधीन संयुक्त सरकारको कार्यनीति सँगै वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ