
१महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
२जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
३जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
४यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
५जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
६दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
७कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
८साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
९कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
१०नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
११जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१२डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो
१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा शंकर बिष्ट
७शान्तिवाटिकाबाट नेकपा (बहुमत) ३ नं. ब्युरोद्धारा अभियानको शुरुवात
८जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
९फेवातालमा सरसफाई सँगै नेकपा (बहुमत) ४ नं. ब्येरोले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०पंजाब–हरियाणा–राजस्थानमा प्रगतिशील नेपाली जन समाजको राज्य भेला सम्पन्न
११नेकपा (बहुमत) चितवनले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२कम्युनिस्ट युवा संगठन नेपाल दार्चुलाद्वारा शैल्यशिखर नगरपालिकामा ७ बुँदे मागसहित ज्ञापनपत्र
काठमाडौँ — केन्द्रीय संयुक्त संघर्ष समितिले यथास्थितिमा गरिने आगामी फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । जनताको वास्तविक प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने कुनै पनि निर्वाचन देश र जनताको हितमा नहुने समितिको ठहर छ । समितिले भदौ २३ र २४ मा भएको ‘जेन जी विद्रोह’ पछि नेपालको राजनीतिक परिस्थितिमा नयाँ मोड आएको दाबी गर्दै त्यस विद्रोहको मूल कारण २०६२ मंसिरमा दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि स्थापित वर्तमान राजनीतिक व्यवस्थाले जनजीविका, लोकतन्त्र र राष्ट्रियताका समस्या समाधान गर्न नसक्नु रहेको जनाएको छ । विज्ञप्तिमा कांग्रेस, एमाले र तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू दलाल तथा नोकरशाही पुँजीपति वर्गमा रूपान्तरण भएको र त्यसको परिणाम स्वरूप २०६३ देखि हालसम्म सत्ता सञ्चालन गरेका दलहरूप्रति जनआक्रोश विस्फोट भएको उल्लेख गरिएको छ । जेन जी विद्रोहले नयाँ अग्रगामी राजनीतिक व्यवस्थाप्रतिको जनआकांक्षा अभिव्यक्त गरेको समितिको निष्कर्ष छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिले वर्तमान प्रधानमन्त्री, राष्ट्रपति तथा अमेरिकी साम्राज्यवाद र भारतीय प्रतिक्रियावादी शासक वर्गले जनविद्रोहबाट उठेका मागहरूलाई अपहरण गर्दै पुरानै जनविरोधी अर्थ–राजनीतिक प्रणालीलाई निर्वाचनमार्फत पुनःस्थापित गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । यस्तो प्रयास सफल भए राष्ट्रियता समेत खतरामा पर्न सक्ने चेतावनी दिइएको छ । समितिले यथास्थितिको चुनावी प्रणालीमा करोडौँ खर्च गर्नुपर्ने भएकाले मजदुर, किसान र मध्यम वर्गको प्रतिनिधित्व असम्भव रहेको उल्लेख गर्दै संसदीय चुनावमार्फत जनताको पक्षमा संविधान र सरकार निर्माण गर्न नसकिने दाबी गरेको छ । यथास्थितिको निर्वाचनबाट नयाँ अनुहारका दलाल पुँजीपति सत्तामा पुग्न सक्ने भए पनि जनताको वास्तविक प्रतिनिधित्व हुने सरकार बन्न नसक्ने समितिको भनाइ छ ।
विज्ञप्तिमा विदेशमा रहेका नेपालीको मताधिकार, मजदुर–किसान र बेरोजगारका समस्या, मिटरब्याज तथा सहकारी पीडित, सुकुम्बासी, निशुल्क शिक्षा र स्वास्थ्य, राष्ट्रिय औद्योगिकरण, सुरक्षाकर्मी तथा बहिर्गमित जनमुक्ति सेनाका समस्या समाधान नगरी निर्वाचन गरिनु जनविरोधी कदम हुने उल्लेख छ । केन्द्रीय संयुक्त संघर्ष समितिले अग्रगामी न्यूनतम राष्ट्रिय सहमति कायम गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधान निर्माणका लागि संवाद सुरु गर्न सरकारलाई अपिल गरेको छ। यदि सरकारले यथास्थितिमा निर्वाचन गराउने निर्णयबाट पछि नहटे त्यसलाई बहिष्कार तथा खारेज गर्न आम नेपाली जनतामा आह्वान गरिएको छ ।
समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा तथा समाजवादी कम्युनिस्ट पार्टी नेपाल आबद्ध रहेका छन् ।

१नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३प्रगतिशील नेपाली जनसमाज समितिद्वारा संगठन विरोधी गतिविधिमा संलग्नमाथि कारबाही
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
प्रतिक्रिया