
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कपिलवस्तु । जनसंविधानका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानलाई निरन्तरता दिँदै नेकपा (बहुमत) ५ नम्बर ब्यूरोले बिहीबार कपिलवस्तु जिल्लामा कोणसभा आयोजना गरेको छ । कोणसभामा वर्तमान राजनीतिक अवस्था, दलाल संसदीय व्यवस्था, मिटरब्याजका समस्या, महँगी र भ्रष्टाचारका विषयमा तीव्र आलोचना गरिएको थियो । केन्द्रीय सदस्य तथा रुपन्देही पार्टी इन्चार्ज मणिले वर्तमान दलाल संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार गर्नु आजको आवश्यकता भएको बताए । उनले मिटरब्याज र लघुवित्तीय संस्थाहरूले जनतालाई दिएको दुःखप्रति राज्य मौन रहेको उल्लेख गर्दै संसदीय राज्यसत्ताले नेपाली जनतालाई कुनै निकास दिन नसकेको दाबी गरे। बढ्दो महँगी, भ्रष्टाचार र अन्यायको मूल कारण यही व्यवस्था भएको उनको भनाइ थियो ।
कपिलवस्तु जिल्ला सेक्रेटरी बिरु चौधरीले वर्तमान संविधानले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै यसको औचित्य समाप्त भइसकेको बताए । उनले जनताको अधिकार सुनिश्चित गर्न जनसंविधान र स्वाधीन संयुक्त जनसत्ताको विकल्प अनिवार्य भएको धारणा राखे । कोणसभामा केन्द्रीय सदस्य तथा रुपन्देही पार्टी जिल्ला इन्चार्ज मणि, रुपन्देही जिल्ला सेक्रेटरी प्रकाश चौधरी, कपिलवस्तु जिल्ला सेक्रेटरी बिरु चौधरीसहित जिल्ला सदस्यहरू सुरज मति कोरी, रामशरण थारु, शोभे थारुलगायतको उपस्थिति रहेको थियोभने कार्यक्रमको सञ्चालन रामदास थारुले गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया