News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो-फिचर मुख्य समाचार राजनीति विशेष न्यूज समाचार

नेकपा (बहुमत) को बन्द सत्र जारी (फोटो फिचर)

'बन्द सत्रमा १६ वटा ग्रुपमा छलफल जारी'

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्रको दोस्रो दिन किर्तिपुरमा जारी छ । आइतबार बिहान ९ बजे शुरू भएको बन्द सत्रमा १६ वटा ग्रुपमा विभाजन गरिएको छ ।

पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथि वृहत रूपमा छलफल चलिरहेको छ। उक्त राजनीतिक प्रतिवेदन तथा विधानमा १६ वटा ग्रुपका लिडरले भोलि छलफल वहस सकिएपछि धारणा राखिने जनाइएको छ ।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार दिउसो १ बजे भव्य रुपमा उद्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया