
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
भारत/प्रवास । प्रगतिशील नेपाली जन समाज समिति केन्द्रीय समिति अन्तर्गत कर्नाटक–चेन्नै संयुक्त राज्यको राज्य भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राज्य संयोजक जनक जप्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा जन समाजका केन्द्रीय संयोजक दीपक तिरुवा प्रमुख अतिथि रहनु भएको थियो भने केन्द्रीय कार्यालय सदस्य तेज तिरुवा, केन्द्रीय सदस्यहरू सागर शाही र बाजिलाल, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हरि विक, तथा बाबा अनलाइन टिभीबाट पत्रकार खेमराज ढकाल लगायतको उपस्थिति रहेको थियो । भेलाले २१ सदस्यीय राज्य समिति चयन गरेको छ । नवगठित समितिमा संयोजकमा जनक जप्रेल चयन हुनु भएको छ । सदस्यहरूमा झलक विक, पदम विक, गणेश परियार, पवित्रा क्षेत्री, तेजराज ढुंगाना, प्रेमसिंह खड्का, निर्मला पाण्डे, चन्द्रा खड्का, दीपक आचार्य, उमेश मयाल, अर्जुन परियार, हरिश परियार, हरिश क्षेत्री, धर्मसिंह जैगडी, रूपा परियार, मैसरा परियार, तिलसरा बिष्ट, देव जप्रेल, प्रकाश परियार लगायत रहेका छन् ।
भेलामा प्रमुख अतिथि दीपक तिरुवाले नवगठित राज्य समितिलाई शुभकामना दिँदै भारत प्रवासमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्दै आएका नेपालीहरूको समानता तथा हक–हितका लागि संघर्ष गर्ने एक मात्र संगठन प्रगतिशील नेपाली जन समाज समिति भएको उल्लेख गर्नुभयो । उहाँले स्वदेशमै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न सशक्त संघर्ष आवश्यक रहेको बताउनुभयो। साथै, दलाल संसदीय व्यवस्थाअन्तर्गत गराइने निर्वाचनले जनतालाई लुटको वैधानिकता दिने भन्दै त्यसको बहिष्कार गरी स्वाधीन संयुक्त जनसरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, केन्द्रीय कार्यालय सदस्य तेज तिरुवाले नेपालको वर्तमान राजनीतिक अवस्था, जेन–जी विद्रोह लगायतका विषयमा स्पष्ट पार्दै वैज्ञानिक समाजवादी क्रान्तिमार्फत मात्रै नेपाली जनताको मुक्ति सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले भारत प्रवासमा रहेका सम्पूर्ण नेपालीलाई क्रान्तिको पक्षमा उभिन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित सबै अतिथिहरूले नवगठित राज्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया