
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — जापानमा सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले दुई तिहाई बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा ४६५ सिटमध्ये एलडीपीले ३१६ सिट जित्दै स्पष्ट बहुमत सुरक्षित गरेको हो । एलडीपीसँग गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले पनि ३६ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यससँगै सत्तारुढ गठबन्धनले कुल ३५२ सिट जित्दै संसदमा मजबुत उपस्थिति जनाएको छ । सन् १९४७ यता जापानको तल्लो सदनमा कुनै एक दलले यस प्रकारको बलियो बहुमत ल्याएको पहिलो पटक भएको बताइएको छ । यस परिणामसँगै प्रधानमन्त्री ताकाइचीले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज राजनीतिक आधार पाएकी छन् । अब ताकाइची सरकारसामु जापानको अर्थतन्त्र सुदृढ बनाउने प्रमुख चुनौती रहेको छ। न्यून आय, बढ्दो मूल्यवृद्धि र जनजीवनमा देखिएका आर्थिक समस्यालाई सम्बोधन गर्नेगरी बजेट ल्याउनु सरकारको प्राथमिकता रहने बताइएको छ । मध्य फेब्रुअरीदेखि सुरु हुने संसद् अधिवेशनमा बजेट विधेयक प्रस्तुत गरिने तयारी छ ।
यसैबीच, ताकाइचीले जापानको सुरक्षा नीति संशोधन गर्ने संकेत दिएकी छन् । प्रस्तावित नीतिले जापानको सैन्य क्षमता विस्तार गर्ने, हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने तथा रक्षा खर्च वृद्धि गर्ने योजना समेट्ने बताइएको छ । यस्ता कदमले दोस्रो विश्वयुद्धपछि अपनाइएको शान्तिवादी संवैधानिक धाराबाट जापानलाई टाढा लैजान सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, विदेशी नागरिकमाथि कडाइ गर्ने तथा उनीहरूको गतिविधिमा निगरानी बढाउने नीति पनि चर्चामा छ । यसले जनअधिकार र नागरिक स्वतन्त्रतामा असर पार्न सक्ने विश्लेषकहरूको धारणा छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा क्षेत्रमा थप खर्च गर्न जापानमाथि दबाब दिइरहेका बेला रक्षा खर्च वृद्धि गर्ने ताकाइचीको घोषणा अर्थपूर्ण रूपमा हेरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया