
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२९ माघ, मुम्बई — आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘सी’ अन्तर्गतको यो खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा आमनेसामने हुन लागेका हुन् । सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत ५० ओभरको खेलमा यी दुई टोली भिडेका थिए । तर बिहीबार हुने खेल उनीहरूबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) भेट हुनेछ ।
नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपमा जित निकाल्न सकेको छैन । त्यसैले इटलीविरुद्धको खेल १२ वर्षपछि विश्वकपमा पुनः जितको खोजी गर्ने अवसरका रूपमा समेत रहेको छ । समूह ‘सी’ को अंक तालिकामा वेस्ट इन्डिजले खेलेका दुवै खेल जित्दै ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले दुई खेलबाट समान २–२ अंक जोड्दा नेपाल र इटली अंकविहीन छन् । आजको खेलले समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया