
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ। चार वटा वामपन्थी दल सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध नेताहरूको सहभागितामा आन्दोलनका कार्यक्रम तय गरेको जनाएको छ ।
समितिका अनुसार फागुन ८ देखि १२ गतेसम्म गाउँ, टोल र वडासम्म पुगेर निर्वाचन बहिष्कारको पक्षमा पर्चा वितरण, घरदैलो अभियान तथा कोणसभा सञ्चालन गरिनेछ । त्यसैगरी फागुन १३ देखि १८ गतेसम्म स्थानीय परिस्थितिअनुसार इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका सहरहरूमा बहिष्कार सभा आयोजना गर्ने निर्णय गरिएको छ ।
बैठकले सुशीला कार्की नेतृत्वको सरकारले नेताहरू धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको छ । समितिले उक्त गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया