
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ७ नम्बर ब्युरोले सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पत्राचार गरेको जनाएको छ । पार्टीका अनुसार कैलालीका ५, कञ्चनपुरका ३ सहित सुदूरपश्चिमका ९ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा रहेका कुल १९२ जना उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि औपचारिक अपिल गरिएको हो । पत्रमा भीम बहादुर रावल, लेखराज भट्ट, त्रिलोचन भट्ट, बिना मगर र प्रेम आले लगायतका सबै नेताहरूलाई पत्राचार गरिएको पार्टीको ७ नं. ब्युरोले जनाएको छ । पार्टीले पठाएको पत्रमा निम्न विषयहरु उल्लेख गरिएको छ ।
‘पुरानै व्यवस्था दोहोर्याउन खोजिएको’ आरोप :
पार्टीले जारी गरेको अपिलपत्रमा पुरानै संविधान र व्यवस्थालाई निरन्तरता दिन खोजिएको आरोप लगाइएको छ । “के उही भ्रष्टाचार, उही बेरोजगारी, उही राष्ट्रघात र उही कुशासनलाई कायम राख्न पुनः निर्वाचन गराउन खोजिएको हो?” भन्ने प्रश्न उठाउँदै पत्रमा पछिल्लो आन्दोलनमा ७६ जनाले दिएको बलिदानको औचित्यमाथि पनि प्रश्न गरिएको छ । पार्टीले देशमा न्यूनतम राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रण सुनिश्चित गर्ने नयाँ संविधान आवश्यक रहेको दाबी गरेको छ । विगत १७ वर्षमा १४ वटा सरकार गठन भएको उल्लेख गर्दै बारम्बारको अस्थिरताले देशलाई कमजोर बनाएको पत्रमा उल्लेख छ ।
वैदेशिक ऋण र बेरोजगारीबारे चिन्ता :
अपिलपत्रमा वैदेशिक ऋणको भार उल्लेख गर्दै २०७७ सालमा करिब १ खर्ब ४१ अर्ब रुपैयाँ रहेको ऋण २०८२ सम्म आइपुग्दा करिब २ खर्ब ८० अर्ब रुपैयाँ नाघेको दाबी गरिएको छ । प्रतिव्यक्ति ऋणसमेत उल्लेख्य रूपमा बढेको जनाउँदै पार्टीले उद्योग, रोजगारी र आर्थिक आत्मनिर्भरता निर्माणतर्फ सरकार असफल भएको आरोप लगाएको छ । “गणतन्त्रको उपहार, गाउँ–गाउँमा सिंहदरबार” भन्ने नाराले व्यवहारमा “गाउँ–गाउँमा भ्रष्टाचार” मात्र बढाएको पत्रमा टिप्पणी गरिएको छ । वैदेशिक पलायन, बेरोजगारी र आर्थिक पराधीनता बढ्दै गएको पनि पार्टीको आरोप छ ।
‘जनसंविधानपछि मात्र चुनाव’ :
पार्टीले विद्यमान व्यवस्थाभित्र व्यक्ति परिवर्तनले मात्र समस्या समाधान नहुने दाबी गर्दै आमूल राजनीतिक परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ । जनताको अधिकार सुनिश्चित गर्ने ‘जनसंविधान’ निर्माण गरेर मात्र निर्वाचन गर्नुपर्ने माग गरिएको छ । यथास्थितिमा हुन लागेको संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा खारेज गरी स्वाधीन संयुक्त सरकार गठनका लागि दबाब सिर्जना गर्न सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरूलाई आह्वान गरिएको छ । सोही ऐतिहासिक जिम्मेवारी बहन गर्न उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन पार्टीले हार्दिक अपिल गरेको छ ।
पत्रको नमूना


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया