
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले वर्तमान राजनीतिक संकट समाधानका लागि तय नगरिएको भोली अर्थात फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव खारेज गर्न आह्वान गरेको छ । पार्टीको केन्द्रीय समितिद्वारा आज जारी प्रेस वक्तव्यमा चुनावले मुलुकको गम्भीर राजनीतिक, आर्थिक तथा सामाजिक समस्याको समाधान दिन नसक्ने दाबी गर्दै वैकल्पिक राजनीतिक निकासको प्रस्ताव अघि सारिएको छ । वक्तव्यअनुसार दलाल पुँजीवादी संरचनाभित्र हुने चुनावले जनताको जनजीविकासँग सम्बन्धित आधारभूत प्रश्नहरू समाधान नगर्ने ठहर गरिएको छ । पार्टीले संविधानमा अग्रगामी परिवर्तन, सर्वपक्षीय राजनीतिक सम्मेलन र स्वाधीन संयुक्त सरकार गठनमार्फत मात्रै राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण र राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्न सकिने उल्लेख गरेको छ ।
पार्टीले विगतदेखि नै भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध संघर्ष गर्दै आएको दाबी गर्दै वर्तमान चुनावी प्रक्रियालाई “पुरानै सत्ताको निरन्तरता दिने अभ्यास” का रूपमा चित्रण गरेको छ । जनताको नाममा सत्तामा पुग्ने तर जनआकांक्षा पूरा नगर्ने प्रवृत्तिको अन्त्य गर्न व्यापक राजनीतिक पुनर्संरचना आवश्यक रहेको वक्तव्यमा भनिएको छ । अग्रगामी राजनीतिक शक्तिहरूबीच साझा कार्यक्रम र संयुक्त आन्दोलनमार्फत दलाल पुँजीवादी अधिनायकवादको अन्त्य गरी जनवादी लोकतन्त्र स्थापना गर्ने लक्ष्य पार्टीले दोहोर्याएको छ । साथै, भोली फागुन २१ मा हुने भनिएको चुनाव बहिष्कार गर्दै देशव्यापी प्रतिवादमा सहभागी हुन सम्पूर्ण देशभक्त, लोकतन्त्रप्रेमी तथा परिवर्तनकामी शक्तिलाई अपिल गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय देशको राजनीतिक दिशा, शासन प्रणाली र जनजीविकाका मुद्दामा बहस तीव्र बन्दै गइरहेको सन्दर्भमा यस्तो आह्वानले आगामी दिनमा सडक संघर्षमा नयाँ राजनीतिक समीकरण र बहसलाई थप गति दिन सक्ने आकलन गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया