
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले आफ्ना केन्द्रीय तथा जिल्ला तहका नेताहरूको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीले विहिबार जारी गरेको प्रेस वक्तव्यअनुसार ‘गिरफ्तारीको श्रृङ्खला’ अन्तर्गत केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कृष्णप्रसाद चौलागाईं ‘नरेश’ र मोरङ जिल्ला सचिव सुमन पौडेललाई २०८२ साल फागुन २० गते दिउसो करिब ४ बजे मोरङको कानेपोखरी गाउँपालिका–७, रमाइलोबाट पक्राउ गरिएको जनाएको छ । यसैगरी, केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा बजगाँर्ई ‘जेनी’ लाई सोही दिन साँझ करिब ६ः३० बजे ललितपुर जिल्लाको इमाडोलबाट र केन्द्रीय सदस्य डिल्लीराम बुढाथोकीलाई तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–जिरीखिम्तीबाट राति करिब १० बजे पक्राउ गरिएको पार्टीको दाबी छ ।
वक्तव्यमा नेपाल सरकारको गृह प्रशासनले शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘दमनात्मक’ ढंगले पक्राउ गरेको आरोप लगाइएको छ । पार्टीले नागरिकको हिँडडुल गर्ने अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको उल्लेख गर्दै यसलाई ‘गैरन्यायिक र फासीवादी शैली’ को कार्य भन्दै निन्दा तथा भत्र्सना गरेको छ । पार्टीले राज्यले न्यूनतम लोकतान्त्रिक अधिकारको सम्मान गर्नुपर्ने उल्लेख गर्दै पक्राउ परेका सबै नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग गरेको छ ।
प्रतिक्रिया