
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारेकाठमाडौं, चैत्र ५ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ (केन्द्रीय समिति) ले काभ्रेपलाञ्चोक जिल्लाको अनेकोट (साबिक फलामेढुङ्गा गाविस) मा २०५५ साल चैत ५ गते भएको जनकलाकारहरूको हत्याको दिन अर्थात ‘अनकोट सांस्कृतिक प्रतिरोध दिवस’ लाई स्मरण गरेको छ । महासंघ संयोजक रोजनद्वारा जारी प्रेस वक्तव्य अनुसार उक्त घटनामा सात जना जनकलाकार : चुनी तामाङ, अमिर तामाङ, डम्बर श्रेष्ठ, मञ्जु महत, चिनिमाया लामा, इन्द्र बहादुर तामाङ र निर्मला देवकोटा सहित सातजना जनकलाकारहरु सहिद भएका थिए । सो घटनालाई ऐतिहासिक तथा दुःखद् घटनाका रूपमा स्मरण गर्दै हरेक वर्ष उनीहरूको सम्मानमा यो दिवस मनाइँदै आएको महासंघले जनाएको छ ।
वक्तव्यमा क्रान्तिकारीहरू र सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै सामाजिक परिवर्तनको यात्रालाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ । महासंघले सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ ।
प्रतिक्रिया