
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौं, वैशाख ३१ । सुकुम्बासीमाथि भइरहेको दमन, चर्किंदो महँगी, बेरोजगारी र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न वामपन्थी तथा कम्युनिष्ट दलका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(बहुमत) का प्रवक्ता दीपक चलाउनेले जनजीविकाका सवाललाई केन्द्रमा राखेर संयुक्त आन्दोलन अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान सरकारले गरिब, सुकुम्बासी र श्रमिक वर्गमाथि अन्याय गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुसार सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनापछि जनताले नयाँ परिवर्तन र न्यायपूर्ण शासनको अपेक्षा गरेको उल्लेख गर्दै अहिले पनि गरिब जनतामाथि अन्याय जारी रहेको दाबी गर्नुभयो । सुकुम्बासी हटाउने नाममा राज्यले गरिब जनताको उठिबास लगाएको भन्दै उहाँले त्यसको कडा विरोध गर्नुभयो ।
संयुक्त संघर्ष समितिको आह्वानमा आयोजित प्रदर्शनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल का नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए । प्रदर्शनकारीहरूले बिजुलीबजारदेखि माइतीघर मण्डला सम्म र्याली निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । र्यालीमा “किसानलाई मल बिउको व्यवस्था गर”, “एमसीसी सम्झौता खारेज गर”, “सुकुम्बासीको पुनर्स्थापना गर”, “जनताको अधिकार सुनिश्चित गर” लगायतका नाराहरू लगाइएको थियो ।
प्रतिक्रिया