
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौं, वैशाख ३१ । सुकुम्बासीमाथि भइरहेको दमन, चर्किंदो महँगी, बेरोजगारी र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न वामपन्थी तथा कम्युनिष्ट दलका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(बहुमत) का प्रवक्ता दीपक चलाउनेले जनजीविकाका सवाललाई केन्द्रमा राखेर संयुक्त आन्दोलन अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान सरकारले गरिब, सुकुम्बासी र श्रमिक वर्गमाथि अन्याय गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुसार सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनापछि जनताले नयाँ परिवर्तन र न्यायपूर्ण शासनको अपेक्षा गरेको उल्लेख गर्दै अहिले पनि गरिब जनतामाथि अन्याय जारी रहेको दाबी गर्नुभयो । सुकुम्बासी हटाउने नाममा राज्यले गरिब जनताको उठिबास लगाएको भन्दै उहाँले त्यसको कडा विरोध गर्नुभयो ।
संयुक्त संघर्ष समितिको आह्वानमा आयोजित प्रदर्शनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल का नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए । प्रदर्शनकारीहरूले बिजुलीबजारदेखि माइतीघर मण्डला सम्म र्याली निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । र्यालीमा “किसानलाई मल बिउको व्यवस्था गर”, “एमसीसी सम्झौता खारेज गर”, “सुकुम्बासीको पुनर्स्थापना गर”, “जनताको अधिकार सुनिश्चित गर” लगायतका नाराहरू लगाइएको थियो ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया