
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, असार १० । अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन केन्द्रीय समितिले देशभर रेबिजविरुद्धको खोपको चरम अभाव भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । संगठनले बुधबार प्रेस वक्तव्य जारी गर्दै खोप अभावका कारण बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको, विभिन्न जिल्लाबाट नागरिकहरू खोप खोज्दै काठमाडौं धाउन बाध्य भएको तथा यसले जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याएको जनाएको छ । संगठनले स्वास्थ्य क्षेत्रका विकृति र अव्यवस्थाविरुद्ध तथा जनताको स्वास्थ्य अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै रेबिज खोप अभावको समस्या अत्यन्त संवेदनशील रहेको जनाएको छ । वक्तव्यमा सरकारी अस्पतालहरूमा समेत रेबिज खोपको अभाव हुँदा संक्रमित तथा जोखिममा परेका नागरिकहरू थप समस्यामा परेको उल्लेख गरिएको छ ।
संगठनका अनुसार आर्थिक अभावका कारण निजी क्षेत्रबाट महँगो शुल्क तिरेर खोप खरिद गर्न नसक्ने तथा काठमाडौं आउनसमेत नसक्ने नागरिकहरू उच्च जोखिममा रहेका छन् । समयमै खोप नपाउँदा रेबिजबाट हुने मृत्युको खतरा बढ्दै गएको भन्दै संगठनले यसलाई गम्भीर जनस्वास्थ्य संकटका रूपमा लिन आग्रह गरेको छ । हाल नेपालका विभिन्न जिल्लामा रेबिज खोप अभाव देखिएको र काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत खोपको मौज्दात न्यून भएको समाचार सार्वजनिक भइरहेका छन् । स्वास्थ्यकर्मीहरूले समयमै खोप उपलब्ध नगराए थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित निकायहरूलाई तत्काल आवश्यक पहल गरी रेबिज खोपको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ । साथै, जनताको स्वास्थ्य उपचार पाउने नैसर्गिक अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्न पनि संगठनले आग्रह गरेको छ । संगठनका संयोजक लोकेन्द्र सार्कीद्वारा जारी वक्तव्यमा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो संकट समाधान गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया