
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं, असार १० । चार कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको हो । समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सरकारले असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न दिएको सूचना सुकुम्बासीहरूको उचित व्यवस्थापनविना गरिएको भन्दै त्यसको घोर भत्र्सना गरिएको छ । समितिले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । हालै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भवन खाली गर्न निर्देशन दिइएको विषय सार्वजनिक भएको थियो ।
बैठकले विस्थापित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गर्ने निर्णय गरेको छ । साथै, सुकुम्बासी विस्थापनको विरोधमा असार १२ गते दिउसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ । यसैगरी, देशभरका प्रदेश र जिल्ला समितिहरूलाई आफ्नो क्षेत्रमा रहेका सुकुम्बासी समुदायसँग अन्तरक्रिया, भेटघाट तथा सडक संघर्षका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’द्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकुम्बासीहरूको पुनर्स्थापना र व्यवस्थापनको सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
प्रतिक्रिया