
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
बाँके, असार २९ । नेकपा (बहुमत) बाँके जिल्लाको दोस्रो जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाले चक्र थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तले वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत चर्चा गर्नुभयो। उहाँले आजको मुख्य आवश्यकता वैज्ञानिक समाजवादी क्रान्ति नै भएको उल्लेख गर्दै, त्यसका लागि एकजुट भई लामबद्ध हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई विशेष आह्वान गर्नुभयो।
इन्चार्ज अनन्तले अहिलेको सरकार बिस्तारै फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै पार्टीले यसको सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो। कार्यक्रममा बाँके जिल्ला इन्चार्ज ’शक्ति’, बर्दिया जिल्ला इन्चार्ज ‘परिवर्तन’ र सुकुम्बासी संगठनका अध्यक्ष वीरबहादुर परियार लगायतका अन्य अतिथिहरूले नवनिर्वाचित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। साथै, उहाँहरूले आगामी कार्यदिशा र संगठन सुदृढीकरणका बारेमा आवश्यक प्रशिक्षण समेत दिनुभयो।
प्रतिक्रिया