
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
पोखरा, असार २९ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता दिपकले वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत विश्लेषण प्रस्तुत गर्दै मुलुकको प्रमुख आवश्यकता वैज्ञानिक समाजवादी क्रान्ति रहेको धारणा राखे । उनले उक्त लक्ष्य हासिल गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादी क्रान्तिको अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्न आह्वान गरे ।
कार्यक्रममा पार्टीको ४ नम्बर ब्युरोका इन्चार्ज सुजनले वर्तमान सरकार फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गरिने बताए । उनले नवनिर्वाचित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै संगठन सुदृढीकरण, आगामी कार्यदिशा र पार्टी निर्माणका विषयमा प्रशिक्षणसमेत दिएका थिए । भेलामा सहभागी नेताहरूले संगठन विस्तार, जनपरिचालन तथा वैज्ञानिक समाजवादको पक्षमा जनचेतना अभिवृद्धि गर्ने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया