
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रस्तावित राजनीतिक प्रतिवेदन र विधान एकमतले पारित गरेको छ । बुधबार बन्द सत्रमा प्रस्तावित राजनीतिक प्रतिवेदन र विधानमाथिको छलफल सकिएपछि हलमा उपस्थित प्रतिनिधिहरु सबैले उठेर हात उठाएर हर्षोल्लासका साथ एकमतले पारित गरेका हुन् । साथै कार्यदिशामा : ‘वैज्ञानिक समाजवादी क्रान्ति र कार्यनीतिमा : स्वाधिन संयुक्त सरकार’ पारित गरिएको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राजनीतिक प्रतिवेदन र विधानबारे हलमा उठेका जिज्ञासाको उत्तर दिएका थिए । राजनीतिक प्रतिवेदन र विधान लेखन समितिका सदस्यहरु उदयबहादुर चलाउने ‘दिपक’, कृष्ण धमला ‘गम्भीर’, गुणराज लोहनी ‘प्रविर’, बाबुराम गजमेर ‘जगत’, निर्मल, सुरेन्द्री कार्की, विजय दर्नालले बोलेका थिए । साथै अध्यक्ष मण्डलबाट इश्वरी दाहाल ‘असारे काका’, दीर्घराज पाण्डे, सरला रेग्मी, डम्बर विश्वकर्मा ‘मामा’ पनि बोलेका थिए ।

महासचिव कञ्चनद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन र विधानमाथि हिजो समूहबाट छलफलमा क्रमश : १. अमृत, २. प्रतिमा बजगाईं, ३. अमर, ४. डिबी शाही, ५. सुदिप, ६. गोविन्द विष्ट, ७. ध्रुव, ८. राष्ट्रपति, ९. आलोक, १०. राम सेढाई, ११. प्रकाश, १२. प्रकाश शर्मा, १३. विकल्प, १४. प्रेम प्रकाश शर्मा, १५. विज्ञान र १६. सुप्रियाले भाग लिएका थिए । महाधिवेशनमा देशैभरि, प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी ३०० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नवऔपनिवेशिक तथा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ !, समाजवादी गणतन्त्र स्थापनाको लागि नवौँ महाधिवेशन सफल पारौँ !! भन्ने मूल नाराका साथ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार भव्य रुपमा उद्घाटन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन भोलि १० गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया