
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१वैचारिक संघर्षबारे
२जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रस्तावित राजनीतिक प्रतिवेदन र विधान एकमतले पारित गरेको छ । बुधबार बन्द सत्रमा प्रस्तावित राजनीतिक प्रतिवेदन र विधानमाथिको छलफल सकिएपछि हलमा उपस्थित प्रतिनिधिहरु सबैले उठेर हात उठाएर हर्षोल्लासका साथ एकमतले पारित गरेका हुन् । साथै कार्यदिशामा : ‘वैज्ञानिक समाजवादी क्रान्ति र कार्यनीतिमा : स्वाधिन संयुक्त सरकार’ पारित गरिएको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राजनीतिक प्रतिवेदन र विधानबारे हलमा उठेका जिज्ञासाको उत्तर दिएका थिए । राजनीतिक प्रतिवेदन र विधान लेखन समितिका सदस्यहरु उदयबहादुर चलाउने ‘दिपक’, कृष्ण धमला ‘गम्भीर’, गुणराज लोहनी ‘प्रविर’, बाबुराम गजमेर ‘जगत’, निर्मल, सुरेन्द्री कार्की, विजय दर्नालले बोलेका थिए । साथै अध्यक्ष मण्डलबाट इश्वरी दाहाल ‘असारे काका’, दीर्घराज पाण्डे, सरला रेग्मी, डम्बर विश्वकर्मा ‘मामा’ पनि बोलेका थिए ।

महासचिव कञ्चनद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन र विधानमाथि हिजो समूहबाट छलफलमा क्रमश : १. अमृत, २. प्रतिमा बजगाईं, ३. अमर, ४. डिबी शाही, ५. सुदिप, ६. गोविन्द विष्ट, ७. ध्रुव, ८. राष्ट्रपति, ९. आलोक, १०. राम सेढाई, ११. प्रकाश, १२. प्रकाश शर्मा, १३. विकल्प, १४. प्रेम प्रकाश शर्मा, १५. विज्ञान र १६. सुप्रियाले भाग लिएका थिए । महाधिवेशनमा देशैभरि, प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी ३०० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नवऔपनिवेशिक तथा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ !, समाजवादी गणतन्त्र स्थापनाको लागि नवौँ महाधिवेशन सफल पारौँ !! भन्ने मूल नाराका साथ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार भव्य रुपमा उद्घाटन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन भोलि १० गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया