
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज (बिहीबार) सम्पन्न भएको हो ।
माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गर्नु भएको थियो । अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।

त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । उनीले प्रस्ताव गरेको नाम हलले ताली बजाएर एकमतले पारित गरेको थियो । केन्द्रीय समितिको चयन एकमतले पारित भएपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा पहिलो बैठक बसी महासचिवमा कञ्चनलाई निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित समितिलाई आयोजक समितिका सदस्य मामाले शुभकामना दिएका थिए । नवनिर्वाचित महासचिवले महाधिवेशन समापन गरेका थिए । समापनसँगै नारा लगाइएको थियो ।
प्रतिक्रिया