काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालसहित तीन सङ्गठनले भोलि माइतिघर मण्डलामा दलित समुदाय माथि भएका सबैखाले जातिय भेदभाव र उत्पीडनका विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले संयुक्त रूपमा शनिबार दिउँसो ३ बजे काठकाडौँको माइतिघर मण्डलामा दलित समुदाय माथि भएका सबैखाले जातिय भेदभाव र उत्पीडनका विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका हुन् । साथै संयुक्त तीन मोर्चाले उक्त विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान् समेत गरेका छन् ।
यहि माघ २२ गते नयाँ पत्रिकामा अन्तरजातीय प्रेम बिवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भन्ने शिर्षकमा प्रकाशित समाचारले एकीकृत दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयोजक दर्शन कुमार नेपालीले बुधबार प्रेस विज्ञप्तिमार्फत मानवता विरोधी निच व्यापारी सुरेन्द्र रौनियारको खेताला कथित गृहमन्त्री र प्रहरी प्रशासनको निच हर्कतको घोर निन्दा एवम् भत्र्सना गरेका थिए ।
जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको भन्दै देशभर गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित विरोध प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया