
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनहरूले काठमाडौँको लैनचौरस्थित भारतीय दुतावस अगाडि संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युु प्रकरण र त्यहाँ अध्यानरत अन्य नेपाली विद्यार्थीहरू माथि गरिएको अपमानजन व्यवहारको विरोधमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी), वैज्ञानिक समजावादी विद्यार्थी सङ्गठन, अखिल (छैठौं) र नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले बुधबार संयुक्त रूपमा लैनचोरस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनले मृतक नेपाली छात्रा प्रकृति लम्सालको शकास्पद मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था, त्यहाँ रहेका अन्य विद्यार्थीहरूको शुरक्षाको प्रत्याभुतिको व्यवस्था गर्न मागसमेत गरेका छन् ।

उक्त कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का सचिव डिबी शाही, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिशी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमांशु लगायतका विद्यार्थी नेताहरूले सम्बोधन गरेका थिए भने अखिल (क्रान्तिकारी) की कोषाध्यक्ष कमला परियारले सञ्चालन गरेकी थिइन ।

प्रतिक्रिया