
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । एकीकृत दलित मुक्ति मोर्चा नेपालले सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि भएको हत्यामा सामन्तहरुको चलखेल र घटना दवाउन खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दलित समुदायकी किशोरीको जीवनमाथि भइरहेको ज्यादती र उक्त घटनाका मतियारहरुको निच कार्यको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक कृष्ण सेवाले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत बारम्बार दलित समुदायका किशोरी/महिलामाथि भइरहेका सामूहिक बलात्कार, हत्या र राज्यसत्ताबाटै घटनामा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिने दुस्साहस भइरहेकोले उक्त घटनामा संलग्न बलात्कारीहरुलाई कथित पञ्चायत बस्ने नाममा एवम् राजनीतिक र प्रशासनिक आवरणमा विषयान्तर नगरी हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक कृष्ण सेवाले विज्ञप्तिमा भनेका छन्, ‘२०८१ माघ २६ गते सिरहा जिल्ला नवराजपुर गाउँपालिका १, भगवतीपुर तामासुइया टोलकी १७ बर्षीय किशोरी रिंकुकुमारी सदायको सामुहिक बलात्कारपछि हत्या भएको र सामन्तहरुको चलखेलमा घटना दवाउन खोजिएको प्रति एकीकृत दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मोर्चाका संयोजक कृष्ण सेवाले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘२६ माघको राति करिव ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकि रिंकु माघ २७ गते घर बाहिर रोइरहेको अवस्थामा भेटिइन । ६ घन्टा वेपत्ता बनाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले उठाएर बाँसघारीमा लगी सामूहिक बलात्कार गरि बिहान ३ बजे रिंकु घरको आँगनमा भेटिएको विषय सार्वजनिक भएको थियो । घटना बाहिरिए पछि गाउँमै मेलमिलाप गर्न भन्दै २९ गते केही सामन्तहरु (पञ्चायत) बोलाएर घटना दबाउने प्रयास गरियो । रिंकु ३० गते राति ७ : २० बजे घरमै सलले झुन्डिएको अवस्थामा मृत भेटिएको घटनाले एक उत्पीडित दलित समुदायकी किशोरीको जीवनमाथि भइरहेको ज्यादती र उक्त घटनाका मतियारहरुको निच कार्यको घोर निन्दा एवम् भत्सर्ना गर्दछौँ ।’
दलित मोर्चाका संयोजक कृष्ण सेवाले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘बारम्बार दलित समुदायका किशोरी/महिलामाथि भइरहेका सामूहिक बलात्कार, हत्या र राज्यसत्ताबाटै घटनामा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिने दुस्साहस भइरहेको छ । यो घटनामा संलग्न बलात्कारीहरुलाई कथित पञ्चायत बस्ने नाममा एवम् राजनीतिक र प्रशासनिक आवरणमा विषयान्तर नगरी हदै सम्मको कारवाहीको लागि हाम्रो मोर्चा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया