
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको आरोप लगाएका छन् । मङ्गलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले ओली सरकार अहिले राजतन्त्र फर्काउने बाटोमा लागेको आरोप लगाएका हुन् ।
उक्त पत्रकार सम्मेलनमार्फत नेकपा (बहुमत) ले भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले काग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाएका छन् । बास्तोलाले जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान व्यवस्थाको विरुद्धमा लागेको आरोप लगाउँदै भने, “यो संविधान भन्दा ०४७ को संविधान नै ठिक भन्न थाल्नुका पछाडी ‘संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रान्त्रिक’ व्यवस्थातिर देश फर्काउने षड्यन्त्रको गन्ध आउँछ ।”
काग्रेस–एमालेका उच्च नेताहरूले नै उनीहरू निकटका बुद्धिजीवी र कार्यकर्ताहरूमार्फत प्रतिगमन गराउने योजना बुनिरहेकोप्रति चेतावनी दिँदैै भने, “खबरदार ! माओवादी शक्ति कमजोर छैन, यो फेरी सङ्गठित भएर तिमीहरूविरुद्ध खनिने दिन नओस् ।”
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले जनविरोधी सरकारी गतिविधिविरुद्धमा जनजागरण अभियान सुरु गरिसक्यो तपाईहरूले पनि त्यस्तै अभियानको घोषणा गर्नु भयो सँगै गए के हुन्छ ? भन्ने जवाफमा बास्तोलाले भने, “सङ्घर्षको बाटो उस्तै देखिए पनि प्रचण्ड जीहरूले संसदीय व्यवस्थामा टालटुल खोज्दै हुुनुहुन्छ, हामी त्यसको विरुद्धमा हो ।”
बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पुँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रुपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भत्र्सना गरे । ओली सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रपञ्चा रचिरहेको समेत आरोप लगाए ।

सो पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारासहित “भ्रष्ट, दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसङ्घर्ष अभियान” सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन सङ्घर्ष गर्नुपरेको बताए ।
प्रेस वक्तव्य :




१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया