
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको आरोप लगाएका छन् । मङ्गलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले ओली सरकार अहिले राजतन्त्र फर्काउने बाटोमा लागेको आरोप लगाएका हुन् ।
उक्त पत्रकार सम्मेलनमार्फत नेकपा (बहुमत) ले भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले काग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाएका छन् । बास्तोलाले जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान व्यवस्थाको विरुद्धमा लागेको आरोप लगाउँदै भने, “यो संविधान भन्दा ०४७ को संविधान नै ठिक भन्न थाल्नुका पछाडी ‘संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रान्त्रिक’ व्यवस्थातिर देश फर्काउने षड्यन्त्रको गन्ध आउँछ ।”
काग्रेस–एमालेका उच्च नेताहरूले नै उनीहरू निकटका बुद्धिजीवी र कार्यकर्ताहरूमार्फत प्रतिगमन गराउने योजना बुनिरहेकोप्रति चेतावनी दिँदैै भने, “खबरदार ! माओवादी शक्ति कमजोर छैन, यो फेरी सङ्गठित भएर तिमीहरूविरुद्ध खनिने दिन नओस् ।”
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले जनविरोधी सरकारी गतिविधिविरुद्धमा जनजागरण अभियान सुरु गरिसक्यो तपाईहरूले पनि त्यस्तै अभियानको घोषणा गर्नु भयो सँगै गए के हुन्छ ? भन्ने जवाफमा बास्तोलाले भने, “सङ्घर्षको बाटो उस्तै देखिए पनि प्रचण्ड जीहरूले संसदीय व्यवस्थामा टालटुल खोज्दै हुुनुहुन्छ, हामी त्यसको विरुद्धमा हो ।”
बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पुँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रुपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भत्र्सना गरे । ओली सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रपञ्चा रचिरहेको समेत आरोप लगाए ।

सो पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारासहित “भ्रष्ट, दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसङ्घर्ष अभियान” सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन सङ्घर्ष गर्नुपरेको बताए ।
प्रेस वक्तव्य :


१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया