
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्ला समितिको बैठक आइतवार घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थायी समिति सदस्य तथा ५ नम्बर व्युरो इन्चार्ज जीतको प्रमुख आतिथ्यतामा बसेको बैठकले पालिका र जवस मोर्चा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी दलाल तस्कार, भष्टाचार, महँगीका बिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरिएको पार्टी सेक्रेटरी अमर खड्काले जानकारी दिएका छन् ।
पार्टी ब्युरो इन्चार्ज जीतले बैठकलाई सम्बोधन गर्दै पार्टीको आगामी रणनीतिक र कार्यनीतिक योजना बारेमा जानकारी दिँदै पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका बारेमा बिश्लेषण गरेका थिए । साथै केन्द्रीय कमिटी बैठकको भाव सम्प्रेषण सहित पार्टी जिल्ला सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । सङ्गठनको सुदृढीकरणका लागि आवश्यक कदमहरूको बारेमा गम्भीर चर्चा गरेका थिए । भने सङ्गठन बलियो मजबुद बनाउनका लागि पार्टीले दिएको जिम्मेवारी र योजना कार्यान्वयन गर्न सबै पार्टी सदस्यलाई समर्पण र एकतासाथ काम गर्न आह्वान् गरेका थिए । सबै पार्टी कार्यकर्ताहरू जिल्लाका प्रत्येक वडा र टोल टोलमा गएर जनतालाई सङ्गठित गर्न र जनताको समस्याहरूको बारेमा जानकारी राख्दै समाधनको बिकल्पमा सहयोगी बन्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा पार्टी पोलिट्व्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले सहभागी पार्टी सदस्यहरूलाई प्रशिक्षण दिँदै देश परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध भएर मिटर व्याजी र भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्न आह्वान् गरेका छन् । युवा शक्ति मुलुकको समृद्धि र विकासका लागि अनिवार्य रहेको भन्दै, युवाहरूलाई आफ्नो दायित्व र भूमिका महसुस गर्दै सक्रिय हुन आग्रह गरेका थिए । उनले मिटर व्याजी र भ्रष्टाचारले राष्ट्रको प्रगति रोक्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै युवाहरूको सहभागितामा पार्टीले सङ्घर्ष अगाडि बढाउने बताए । “आजको युवा शक्ति नै भविष्य निर्माणको आधार हो, त्यसैले हामी सबैले मिलेर मिटरव्याजी र भ्रष्टाचारको विरोध गर्दै एकजुट हुनुपर्छ ।” तिलकले भने ।
बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ५ नम्बर व्युरो इन्चार्ज जीत, पोलिट्व्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक, पार्टी केन्द्रीय सदस्य सजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा लगायतको आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी अमर खड्काको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नयाँ जिम्मेवारी लिएर जिल्ला र प्रदेशमा आएका पार्टी नेता र विद्यार्थी नेतालाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया