
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । कम्युनिस्ट पार्टी नेपाल (बहुमत) का केन्द्रीय समिति सदस्य कमरेड झलक विश्वकर्माका पिता हर्षे विश्वकर्माको ७८ वर्षको उमेरमा निधन भएको छ। कैलाली जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीस्थित आफ्नै निवासमा आज उनको निधन भएको नेकपा (बहुमत)ले जनाएको छ।
कम्युनिस्ट पार्टी नेपाल (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोला ‘कन्चन’ले एक शोक वक्तव्य जारी गर्दै बुवा हर्षे विश्वकर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, यस कठिन घडीमा नेता झलक विश्वकर्मा र उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
पार्टीका महासचिव कञ्चनले जारी गरेको शोक सन्देशमा भनिएको छ, “हर्षे विश्वकर्माको दुःखद निधनले हाम्रो पार्टी स्तब्ध भएको छ। हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको अवस्थामा रहेका क. झलक विश्वकर्मा लगायत सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”

बुवाको निधनमा संगठनको श्रद्धाञ्जली
यस्तै पिता हर्षे विश्वकर्माको निधनमा क्रान्तिकारी युवा संगठन नेपालले पनि दुख ब्यक्त गरेको छ। संगठनका केन्द्रीय संयोजक हरिश भट्टले एक बिज्ञप्ति जारी गर्दै दुख ब्यक्त गरेका हुन्।
संगठनले जारी गरेको शोक सन्देशमा भनिएको छ, “हाम्रो संगठन स्वर्गीय हर्षे विश्वकर्माको निधनबाट मर्माहित भएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै कमरेड झलक विश्वकर्मा तथा उहाँका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।”
स्वर्गीय हर्षे विश्वकर्माको बिहिबार कैलालीको चिसापानीमा अन्त्येष्टि गरिएको छ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया