
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१२आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई कालोमोसो दलेर जनकारबाही गरेको छ ।
अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिले विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको भन्दै जनकारवाही गरेको हो।
त्यस्तै क्रान्तिकारीले परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत बताएको छ।
त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको क्रान्तिकारीले जनाएको छ।
कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र शाहले पौडेललाई चौरासीघरे कारवाही गरिएको भन्दै गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।
‘अपराधी क्रियाकलापमा संलग्न गोविन्द पौडेललाई गिरफ्तार गर्नुको सट्टा शैक्षिक बेथितिका विरुद्ध लड़िरहेको विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु घोर आपत्तिजनक छ! गिरफ्तार विद्यार्थी नेता आयुष र घ. महरलालाई यथाशिघ्र रिहा गर्न जोडदार माग गर्दछौं। साथै, निज गोविन्द पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ। उनका कुकर्मलाई ढाकछोप गरी चौतर्फी गरिएका हाम्रो संगठन बाध्य भए सशक्त संघर्ष गर्न असमर्थ हुने कुरा यस प्रेस वक्तव्य मार्फत स्पष्ट पार्दछौं।’ बिज्ञप्तिमा भनिएको छ ।
सीटीईभीटीका सहायक निर्देशक तथा बिपि कोइराला प्राबिधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई जनकारबाही किन ?
१. फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको ।
२. परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेकोले ।
३. कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको ।
४. शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको ।
५. विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको ।
६. सांस्कृतिक र नैतिक रूपले पतनशील व्यवहार र सार्वजनिक पदको मर्यादाविपरीत आचरण भएको ।
७. सम्पूर्ण शैक्षिक संस्थाको गरिमा, मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्याउने कार्य गरेको ।
अत, हाम्रो संगठनले गोविन्द पौडेललाई तुरुन्त पदमुक्त गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायहरू समक्ष जोडदार माग गर्दछ । यदि निजको कर्तुतलाई ढाकछोप गरिने, संरक्षण गरिने वा प्रशासनिक चालबाजीबाट उन्मुक्ति दिने प्रयास गरियो भने, हाम्रो संगठन बाध्य भएर अझ कडा कदम चाल्न तयार हुनेछ।
साथै, हाम्रो संगठन ‘सिटिइभिटी शुद्धिकरण अभियान’ अन्तर्गत सिटिइभिटीभित्र रहेका दलाल, माफिया र बिचौलियाहरूको पहिचान गरी चरणबद्ध रूपमा पर्दाफास र कारबाही प्रक्रिया निरन्तर, अविच्छिन्न र सशक्त रूपमा अगाडि बढाइरहेको कुरा पनि स्पष्ट गर्दछ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
प्रतिक्रिया