
१एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
२नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
३कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
४बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
५मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
६नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
७लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
८नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१०नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
११नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
१२नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई कालोमोसो दलेर जनकारबाही गरेको छ ।
अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिले विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको भन्दै जनकारवाही गरेको हो।
त्यस्तै क्रान्तिकारीले परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत बताएको छ।
त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको क्रान्तिकारीले जनाएको छ।
कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र शाहले पौडेललाई चौरासीघरे कारवाही गरिएको भन्दै गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।
‘अपराधी क्रियाकलापमा संलग्न गोविन्द पौडेललाई गिरफ्तार गर्नुको सट्टा शैक्षिक बेथितिका विरुद्ध लड़िरहेको विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु घोर आपत्तिजनक छ! गिरफ्तार विद्यार्थी नेता आयुष र घ. महरलालाई यथाशिघ्र रिहा गर्न जोडदार माग गर्दछौं। साथै, निज गोविन्द पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ। उनका कुकर्मलाई ढाकछोप गरी चौतर्फी गरिएका हाम्रो संगठन बाध्य भए सशक्त संघर्ष गर्न असमर्थ हुने कुरा यस प्रेस वक्तव्य मार्फत स्पष्ट पार्दछौं।’ बिज्ञप्तिमा भनिएको छ ।
सीटीईभीटीका सहायक निर्देशक तथा बिपि कोइराला प्राबिधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई जनकारबाही किन ?
१. फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको ।
२. परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेकोले ।
३. कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको ।
४. शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको ।
५. विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको ।
६. सांस्कृतिक र नैतिक रूपले पतनशील व्यवहार र सार्वजनिक पदको मर्यादाविपरीत आचरण भएको ।
७. सम्पूर्ण शैक्षिक संस्थाको गरिमा, मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्याउने कार्य गरेको ।
अत, हाम्रो संगठनले गोविन्द पौडेललाई तुरुन्त पदमुक्त गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायहरू समक्ष जोडदार माग गर्दछ । यदि निजको कर्तुतलाई ढाकछोप गरिने, संरक्षण गरिने वा प्रशासनिक चालबाजीबाट उन्मुक्ति दिने प्रयास गरियो भने, हाम्रो संगठन बाध्य भएर अझ कडा कदम चाल्न तयार हुनेछ।
साथै, हाम्रो संगठन ‘सिटिइभिटी शुद्धिकरण अभियान’ अन्तर्गत सिटिइभिटीभित्र रहेका दलाल, माफिया र बिचौलियाहरूको पहिचान गरी चरणबद्ध रूपमा पर्दाफास र कारबाही प्रक्रिया निरन्तर, अविच्छिन्न र सशक्त रूपमा अगाडि बढाइरहेको कुरा पनि स्पष्ट गर्दछ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया