
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
जेष्ठ ८, काठमाडौं । नेकपा (बहुमत)ले भारतीय माओवादीका महासचिव कमरेड बसवराजुको भारतीय नरेन्द्र मोदीको सरकारले गरेको हत्याले आफ्नो पार्टी मर्माहत बनाएको जनाएको छ । नेकपा (बहुमत)ले प्रेस वक्तव्य जारी गर्दै यस्तो जनाएको हो ।
बहुमतको वक्तव्यमा भारतका गृहमन्त्री अमित शाहद्वारा २१ मे का दिन सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक गरिएको जानकारी अनुसार उक्त घटना कुनै मुठभेड नभइ योजनाबद्ध हत्या गरिएको पुष्टि हुने बताइएको छ ।
वक्तव्यमा भाजपाको सरकार र भारतीय सत्ताले श्रमजीवी जनता, जात व्यवस्था, लिङ्गको आधारमा शोषण, दमन र उत्पीडन गर्दै आएकोले त्यसका विरुद्ध विभिन्न समयमा भाकपा (माओवादी)ले जनयुद्ध गर्दै आएकोले सो जनयुद्धलाई दबाउन भारतको अतिहिन्दूवादी मोदी सरकारले भाकपा माओवादीका नेता–कार्यकर्ताको हत्या गर्दै आएको बताएको छ ।
जेष्ठ ८ गते भारतको छत्तिसगढमा भाकपा माओवादीका महासचिव कमरेड बसवराजुसहित २७ जनाको मोदी सरकारले गिरफ्तार गरी हत्या गरेको सार्वजनिक भएको थियो । सो घटनाको व्यापकरुपमा विरोध हुँदै आएको छ ।
यस्तो नेकपा (बहुमत) जारी गरेको प्रेस वक्तव्य :
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव कमरेड बसवराजुसहित २७ जना कमरेडहरुको अतिहिन्दूवादी भारतीय जनता पार्टीको नेतृत्वमा भएको सरकारले हत्या गरेको समाचारले सिंगो पार्टी पंक्ति मर्माहत भएको छ । भारतीय सरकारका गृहमन्त्री अमित शाहद्वारा २१ मे का दिन उनको एक्स मार्फत् सार्वजनिक गरिएको जानकारी अनुसार उक्त घटना कुनै मुठभेट नभएर योजनाबद्ध हत्या गरिएको पुष्टि हुन्छ । अहिलेसम्म कुनै पनि भारतीय सरकार पक्षधर र इतर सञ्चार माध्यमहरुले भीडन्तका श्रब्य दृश्यहरु प्रसारण गरेका छैनन् ।
भाजपा सरकार र भारतीय सत्ताले श्रमजीवी जनता, जात व्यवस्था, लिङ्गको आधारमा शोषण, दमन र उत्पीडन गर्दै आएको छ । यी सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध विभिन्न समयमा भाकपा (माओवादी)ले दीर्घकालीन जनयुद्ध गर्दै आएको थियो । चारु मजुमदारको नेतृत्वमा सञ्चालित बसन्तको गर्जनका क्रममा मजुमदारलाई गिरफ्तार गरी यातना दिइ हत्या गरिएको थियो । त्यसको केही समयपछि नै भारतमा भाकपा (माले) र भाकपा (माओवादी कम्युनिष्ट सेन्टर)ले अलग अलग जनयुद्ध गरेका थिए । २००४ मा ती दुई पार्टी बिच एकता भएर भाकपा (माओवादी) बनेको थियो । उक्त पार्टीका पछिल्ला महासचिव बसवराजु लगायतका कमरेडहरुको गरिएको हत्याप्रति हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । साथै भाकपा (माओवादी) र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भएको गम्भीर क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै उच्च सहादत प्राप्त गर्ने कमरेडहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।
नक्सलबाडी संघर्षमाथि भएको भीषण दमन पछि लगभग ५० वर्ष अघि नयाँ शिराबाट शुरु भएको भारतीय जनयुद्धका मुख्य नेतृत्वसहित अन्य कमरेडहरुको हत्याले वर्तमान विश्वमा चलेको दियो रुपी क्रान्ति एक पटक पुनः मलिन हुन पुगेको छ । यसले क्रान्तिकारीहरुले धक्का महसुस गरेका छन् । यसको परिपूर्ति छिट्टै नै हुनेछ ।
क्रान्तिकारी अभिवादन सहित !
८ जेठ, २०८२


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया