
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
जेष्ठ २०, काठमाडौं । एकसाता अघि भारतमा गिरफ्तारीपछि हत्या गरिएका भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजुसहित २८ जना क्रान्तिकारी नेता तथा कार्यकर्ताको हत्याको विरोधमा आज काठमाडौंमा विचार गोष्ठी आयोजना गरिएको छ ।
विचार गोष्ठीमा बोल्ने सबै वक्ताहरुले उनीहरुको गिरफ्तारीपछि नृसंस हत्या गरिएको भन्दै भारतीय अतिहिन्दूवादी मोदी सरकारको गलत रवैयाप्रति कडा विरोध जनाए । नेकपा (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा गरिएको सो विचार गोष्ठीमा प्रमुख वक्ता तथा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तेलाले भारतीय माओवादी पार्टीका महासचिव बसवराजुको हत्याको निन्दा गरे ।
महासविच बास्तोलाले भारतको अतिहिन्दूवादी फासीवादी मोदी सरकारले विगतमा पनि भारतका आदिवासी र माओवादी नेताको हत्या गर्दै आएको भन्दै आक्रोश व्यक्त गरे । बास्तोलाले एक प्रसंगमा भारतका छत्तिसगढ, झारखण्ड र उडिसा लगायतका आदिवासीमाथि निर्मम दमन चलाएर माफियाहरुले चलाएको मोदीको सरकारले त्यहाँको जल, जमिन र खनिज माफियाहरुलाई लुटाएर कमिसन खान चाहेको र सोही कार्यको विरुद्ध त्यहाँ माओवादी आन्दोलन चलिरहेको बताए ।
बास्तोलाले भारतका शहरी इलाकाहरुमा त्यहाँको सरकारले गरिव जनताले पिसाब फेर्न, गुट्खा र पान खाएर थुक्न पनि कानून बनाएको सन्दर्भ कोट्याउँदै आदिवासीको लागि मात्र नभएर त्यहाँको सिंगो उत्पीडित वर्गकै मुक्तिको लागि भारतीय माओवादीले युद्ध लडेको बताए ।
उनले माओवादी र आदिवासी माथिको हत्या र दमन गर्ने कार्य फासीवादी मोदी सरकारको अहंकार भएको बताए ।
भारतको अन्तराष्ट्रिय राजनीतिक आन्दोलनको एक प्रसंगमा महासचिव बास्तोलाले महात्मा गान्धीको आन्दोलनले मात्र भारत ब्रिटिसको शासनबाट मुक्त नभएको भन्दै बरु विश्वव्यापी रुपमा राष्ट्रिय मुक्ति आन्दोलन चलिरहेका बेला रुसी नेता स्टालिनको पहलमा भारत बेलायती साम्राज्यवादको उपनिवेशबाट मुक्त भएको इतिहास सुनाए । सन् १९४७ मा बेलायती साम्राज्यवादको पराजयसँगै बेलायतको कब्जाबाट भारत मुक्त भएको भन्दै बास्तोलाले त्यसपछि चारु मजुमदारको नेतत्वमा भारतमा वर्गीय मुक्ति युद्ध चलिरहँदा फासीवादीहरुले चारु मजुमदारको हत्या गरेको बताए ।
बास्तोलाले संसार भर चलेका माओवादी जनयुद्ध र आन्दोलनहरु साम्राज्यवाद र फासीवाद विरोधी भएकोले उनीहरुले कम्युनिष्ट विचारलाई दबाउन चाहेको बताए । उनले संसार भर चलेका माओवादी आन्दोलनहरुको संरक्षण गर्न र समाजवादी सत्ता स्थापना गर्नका लागि साम्राज्यवाद विरोधी मोर्चा बनाउनु पर्ने धारणा राखे ।
त्यस्तै विचार गोष्ठीका अर्का मुख्य वक्ता तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले भाकपा माओवादीका महासचिव लगायत २८ जनाको गिरफ्तार गरी नृसंस हत्या गरिएको भन्दै घटनाको निन्दा गरे । महासचिव आहुतिले सन् १९७२ पछि भारतमा २ जना महासचिव तहका माओवादी नेताको हत्या भएको बताए ।
जल, जमिन र खनिज प्रसस्त भएको भारतको छत्तिसगढ, उडिसा र झारखण्ड लगायतका इलाकाहरुमा फैलिएको माओवादी जनयुद्ध दबाउन र ती स्रोतहरु भारतीय माफीया समूहहरुलाई लुटाएर कमिसन खान मोदी सरकारले त्यहाँका माओवादीहरुमाथि दमन चलाएको आहुतिको भनाई रहेको छ ।
भारतको माओवादी जनयुद्धको इतिहासको चर्चा गर्दै आहुतिले एकतर्फी रुपमा युद्धविराम घोषणा गरेका भारतीय माओवादी नेता बसवराजुहरु त्यो इलाकामा छन् भन्ने थाहा पाएर नै घेरा हालेर गिरफ्तार गरी हत्या अभियान चलाएको ठोकुवा गरे ।
उनले माओवादीमाथिको हत्या र दमन विचारमाथिकै दमन भएको बताए । उनले भारतमा भएको यो सामूहिक हत्या यो शताप्दीकै गम्भीर नरसंहार भएको भन्दै मोदीले दक्षिण एसियामा फासीवादको लहर चलाएको बताए ।
आहुतिले भारतमा भएको यो हत्याकाण्डलाई नेपालमा पनि गम्भीर रुपमा लिनुपर्ने बताए । आहुतिले भारतमा क्रान्तिकारीहरुमाथि गरिएको निर्मम हत्याप्रति नेपालका संसदीय कम्युनिष्ट पार्टीहरुले नबोल्नु विडम्बना भएको बताए ।
अर्को एक प्रसंगमा आहुतिले युद्धविरामको समयमा पनि माओवादी नेताहरुको हत्या गर्नु मोदीले आफ्नै संविधानको उल्लंघन गरेको बताए ।
नेपालको राजनीतिको सन्दर्भमा महासचिव आहुतिले भारतमा चलाइएको फासीवादी दमन नेपालमा कसरी प्रकट हुन्छ ? त्यसको अध्ययन गर्नु पर्ने उनको भनाई छ ।
उनले राजावादी र संसदीय दलहरुको नाममा भारतीय फासीवाद नेपालमा देखा पर्नसक्ने अनुमान पनि गरे । नेपाल र भारतको युद्धको समिक्षा गरेर आगामी क्रान्तिकारी कार्यक्रम विकास गर्नुपर्ने भन्दै आहुतिले क्षेत्रीय र विश्वस्तरीय मोर्चा बनाएर फासीवाद र साम्राज्यवाद विरुद्ध आन्दोलन चलाउनुपर्ने प्रस्ताव गरे ।
विचार गोष्ठीका आमन्त्रित वक्ता तथा भारतीय सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता कालिन गोन्सालवेसले जनताको स्तरमा नेपाल र भारतका जनताका बिचमा अति नै गहिरो सम्बन्ध रहेको बताए । धेरै वर्षअघि नेपाल भ्रमणमा आएको अनुभव सुनाउँदै उनले नेपाल र भारतको गरिवी र दुःखले यी देशमा क्रान्ति विस्फोट हुने बताए ।
छत्तिसगढमा माओवादीको नाममा आदिवासी महिलाहरुको हत्या गरिएको भन्दै अधिवक्ता कालिनले भारतमा जल, जमिन र खनिजमाथिको अधिकार खोज्ने आदिवासीहरुको हत्या गरेर माओवादी आतंकवादी समाप्त पारेको प्रचार गरिएको बताए । क्रान्तिकारीसित हतियार कति छन् भन्ने भन्दा पनि माओवादीको नाममा निर्दोष महिला र आदिवासीहरुलाई किन मारियो ? भन्ने प्रश्न गम्भीर भएको उनको विचार छ ।
मनमा अत्याचार विष्फोट भयो भने जहाँ पनि सयौं माओवादीहरु जन्मिन सक्ने भन्दै वरिष्ठ अधिवक्ता गोन्साल्वेसले भारतमा माओवादी मार्नेलाई पुरस्कार दिइने गरेको बताए । एक सन्दर्भमा उनले भारतका गृहमन्त्री अमित शाहले २ सय जना जनता मार्दा ती कोही पनि माओवादी नभएको भन्दै आश्चर्य प्रकट गरे । भारतीय प्रधानमन्त्री मोदीले भारतमा आज पनि अत्याचार गरिरहेको अधिवक्ता गोन्सालवेसको दाबी रहेको छ ।
अन्तराष्ट्रिय सन्दर्भमा उनले गाजामा रहेका मुस्लिमहरुको पनि भारतका आदिवासीको जस्तै अवस्था रहेको भन्दै उनले केही क्रान्तिकारी मारिएपनि नेपाल र भारतमा क्रान्ति भइछाड्ने भनाई राखे ।
धार्मिक प्रसंगमा भारतका हिन्दू शासकहरुले मुस्लिम र कम्युनिष्टहरुप्रति घृणा फैलाइरहेको भन्दै उनले नेपाल जस्तै भारतको ग्रामिण इलाका पनि पानीको संकट रहेको बताए । त्यही पानी, जमिन र खनिज लुट्नको लागि भारतीय सत्ताले माओवादीको आरोपमा आदिवासीको हत्या गरिरहेको भन्दै यही विषयले भारतीय सत्ताको अनुहार उदांगो भएको उनको भनाई रहेको छ ।
सोही कार्यक्रमका अर्का वक्ता तथा आदिवासी अध्ययता कैलास राईले शान्तिवार्ताको समयमा भारतीय माओवादीका नेताको गिरफ्तारी पछि हत्या हुनु दुःखद घटना भएको बताइन् । माओवादी ठेगान लगाउने घोषणा गरेका मोदीले वार्ताको नाटक गरेर माओवादी नेताको हत्या गरेको उनको भनाई छ ।
माओवादीको नाममा भारतका आदिवासीको निर्मम हत्या गरेको राईको भनाई छ । केही दिन अघि मारिएका भारतीय माओवादी नेताहरुको हत्या गैरन्यायीक रहेको उनको भनाई छ । हिन्दू अतिवादी शासन टिकाउन आदिवासीको हत्या गर्न मोदीले सैनिकको दुरुपयोग गरेको उनको दाबी छ ।
विचार गोष्ठीका अर्का वक्ता तथा वामपन्थी बुद्धिजीवी महादीप पोखरेलले भारतीय माओवादीका महासचिव बसवराजुको गिरफ्तारीपछि गरिएको हत्याको भत्र्सना गरे । उत्पीडित जनताको मुक्तिको आवाज उठाउने माओवादीहरु आतंकवादी हुनैनसक्ने भन्दै क्रान्तिकारीहरुको हत्याका विरुद्ध सबै माओवादीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भारतीय प्रम मोदीलाई एकजना क्रान्तिकारीलाई मार्दैमा खुशियाली नमनाउन चेतावनी पनि दिए । भारतीय माओवादी नेताहरुको हत्यामा नेपालको संसदमा भएका माओवादी नेताले विरोध गर्न नसक्नु लाचारी पन भएको भन्दै पोखरेलले आफूसहितको ४ दर्जन बुद्धिजीवीहरुले बसवराजुको हत्याको उचित छानबिनको माग गरेको बताए ।
कार्यक्रमका सञ्चालक तथा नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले भारतीय माओवादी नेता तथा कार्यकर्ताको हत्याले मोदी सरकारले युद्धको विश्वव्यापी नियमको उल्लंघन गरेको बताए ।
आफूहरुले नेपालको माओवादी जनयुद्धका समयमा कब्जामा परेका सैनिकहरुलाई युद्धको विश्वव्यापी नियम अनुसार युद्धबन्दीको व्यवहार गरी मध्यस्थकर्ताको पहलमा रिहा गरिदिएको भन्दै युद्धविरामको समयमा भारतीय माओवादी नेताहरुको गिरफ्तारी पछि हत्या हुनुले मोदी सरकार फरक विचारलाई दमन गर्न अनेक हत्कण्डा अपनाइरहेको पुष्टि भएको नेता दीपकको भनाई रहेको छ ।
कार्यक्रमको अध्यक्षता वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी कार्यालय सदस्य राजेश्वरी सुवेदीले गरेकी थिइन् । अध्यक्षको आसनबाट बोल्दै उनले भारतीय माओवादीका उच्च तहका नेताको गिरफ्तारीपछि हत्या गरिएको भन्दै संसारभरका क्रान्तिकारीहरुले यस घटनाको निन्दा गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा भारतमा मारिएका माओवादी नेता र कार्यकर्ताको स्मरणमा मैनाधारण गरिएको थियो ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया