
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वायुसेना अड्डामा युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् । यसपालिको रुसविरुद्धको युक्रेनले गरेको हवाई हमला अमेरिकाको नभइ युरोपियन देशहरुको सहयोगमा गरेको अनुमान गरिएको छ ।
रूसी राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने, “राष्ट्रपति पुटिनले हालै वायुसेना अड्डामा भएको आक्रमणको प्रतिक्रिया दिनैपर्छ भन्नेमा ठूलो जोड दिएका छन् ।”
तर, यसबारेमा टिप्पणी गर्न अनुरोध गर्दा रूसी अधिकारीहरूले यसलाई पुष्टि गर्न अस्वीकार गरेका छन् । यसअघि मस्कोले युक्रेनको आक्रमणको प्रतिक्रियाका लागि विभिन्न सैन्य विकल्पहरू छलफलमा रहेको बताएको थियो ।
एक घण्टाभन्दा बढी समयसम्म चलेको ट्रम्प–पुटिनको टेलिफोन वार्ताले रूस र युक्रेनबीच तत्काल शान्ति स्थापना नहुने उनीहरूले सामाजिक संजालमा बताएका छन् ।
रूसी सरकारनियन्त्रित समाचार एजेन्सी आरआईए नोभोस्तीले पुटिनले युक्रेनले वार्तालाई बिथोल्ने प्रयास गरेको र युक्रेन सरकार एक आतंकवादी संगठनमा परिणत भएको ट्रम्पलाई बताएको उल्लेख गरेको छ ।
एजेन्सीले दुवै नेताहरूले दुई देशहरूबीच सहयोग पुनस्थापनाको सम्भावनाहरूमा विचार आदान–प्रदान गरेको बताएको छ ।
युक्रेनले १ जुनमा परमाणु क्षमतायुक्त लामो दूरीका रूसी बमवर्षक विमानहरूलाई लक्ष्य बनाएर रूसी वायुसेना अड्डामा लुकीछिपी ड्रोन आक्रमण गरेपछि यी दुई नेताहरूबीच भएको पहिलो वार्ता हो ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार, ट्रम्पले पुटिनलाई फोनमा अमेरिकालाई यो आक्रमणको बारेमा अग्रिम सूचना नदिइएको बताएका थिए ।
गत हप्ता ट्रम्पले शान्ति सम्झौताका लागि पुटिनलाई दुई हप्ताको म्याद दिएका थिए । तर, पुटिनले युक्रेनमा शान्ति प्रयासहरूमा अनिच्छा देखाए । त्यसको प्रतिक्रियामा अमेरिकाले रूसप्रति आफ्नो नीति परिवर्तन गर्ने धम्की दिएको बताइएको थियो ।
यसअघि, रूसले युक्रेनका सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरी दर्जनौँ नागरिकहरू हताहत भएपछि २६ मेमा ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई ‘पूर्णरूपमा पागल भएको’ र ‘आगोसँग खेलिरहेको’ टिप्पणी गरेका थिए । तर, बुधबार सामाजिक संजालमा ट्रम्पले कुनै अल्टिमेटम वा आफ्ना अघिल्ला टिप्पणीबारे उल्लेख गरेनन् । एजेन्सी ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया