
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं ः शिक्षा मन्त्रालयले माध्यमिक तहसम्मको शैक्षिक श्रव्यदृश्य सामग्री उत्पादनको जिम्मेवारी एक निजी कम्पनीलाई दिन दबाव गरेपछि यसको कडा विरोध भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले आज एक प्रेस वक्तव्य जारी गर्दै उक्त निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल खारेजीको माग गरेको छ ।
वक्तव्यमा भनिएको छ प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधी सल्लाहकार असगर अलीकोको ‘एम्बिसन गुरू प्रा.लि.’ नामक निजी कम्पनीलाई माध्यमिक तहसम्मको शैक्षिक श्रव्यदृश्य सामाग्री उत्पादनकोे जिम्मा दिइनुले शिक्षा क्षेत्रलाई माफियामुखी, नाफामुखी र दलाली प्रवृत्तितर्फ धकेलिएको स्पष्ट हुन्छ ।
साथै संगठनले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई शिक्षा क्षेत्रका माफियासँग मिलेमतोमा काम गरेको आरोप लगाउँदै भनेको छ, “जनताका छोराछोरीलाई लुट्ने अखण्ड इच्छा बोकेर शिक्षालाई नाफामुखी र व्यापारमुखी बनाउने माफियाहरूको ट्राजन हर्सका रूपमा काम गरिरहेको छ । ओली नेतृत्वको कथित कम्युनिस्ट–कांग्रेस सरकार निरन्तर जनविरोधी, भ्रष्ट र प्रतिगामी कदम उठाउँदै आएको छ । शिक्षामन्त्रीको निर्देशनमा कम्पनीलाई फाइदा पुग्ने गरी निर्णय गरिएको उल्लेख गरिएको छ । “संविधानको मर्म, सार्वजनिक उत्तरदायित्व र सुशासनका सिद्धान्तविपरीत प्रधानमन्त्री स्वयंले यस्तो अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो,“ वक्तव्यमा भनिएको छ ।
साथै शिक्षालाई व्यापार होइन, जनसेवा बनाउनु पर्ने माग राख्दै अखिल (क्रान्तिकारी) ले शिक्षालाई राज्यको पूर्ण जिम्मेवारीमा राख्नुपर्ने र जनताको मौलिक हकको रूपमा सुनिश्चित गर्नुपर्ने बताउँदै निजीकरणको विरोध गरेको छ । अध्यक्ष विरेन्द्र शाहद्धारा हस्ताक्षरीत वक्तव्यमा भनिएको छ शिक्षालाई माफियाको हातमा सुम्पनु शिक्षा प्रणालीमाथि गरिएको गम्भीर षड्यन्त्र हो र यो निर्णयको पूर्ण खारेजीको माग गर्दै देशभरका सम्पूर्ण विद्याार्थी, अभिभावक र बुद्धिजीवी वर्गलाई यस विरुद्ध आवाज उठाउन अपिल गरेको छ ।
प्रतिक्रिया