
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । इजरायलले इरानमाथि हमला गरेको छ । पेलेष्टिनी लडाकू समूह हमाससितको लडाइँ जारी रहेकै बेला इजरेलले इरानमाथि पनि हमला बोलेको छ ।
लेबनानको हिजबुल्लाह र यमनका हुथीहरुसित पनि इजरेल लडिरहेको छ । तर यसपालिको इरानमाथिको हमला भने इजरेललाई भारी पर्नेछ । इरानमाथिको हमलासँगै इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशमा संकटकाल घोषणा छन् ।
इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ । इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । क्षतिको विवरण भने आइसकेको छैन । इजरेली हमलाको जवाफ इरानले कसरी दिनेछ त्यो केही समय पर्खनै पर्छ ।
उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको छ । इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन् ।
‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ । इरानको सरकारी टेलिभिजनले इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गाड्र्स’ को मुख्यालयलाई पनि लक्षित गरिएको जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले उक्त स्थानमा आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूको हवाला दिँदै जनाएका छन् ।
इस्लामिक रिभोलुसनरी गार्डस इरानको सशस्त्र बल अन्तर्गतको एउटा बलियो र प्रभावशाली शाखा हो, जसले देशको आन्तरिक सुरक्षा, विदेश नीति र आणविक कार्यक्रममा समेत गहिरो प्रभाव राख्छ ।
सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले तेहरान र अन्य सहरका आवासीय क्षेत्रहरूमा पनि प्रहार गरेका छन् । रोयटर्सले इरानी टेलिभिजनलाई उद्धृत गर्दै मारिनेहरूमा बालबालिका पनि रहेको जनाएको छ । इरानमाथिको इजरेली हमलाले मध्यपूर्वमा युद्धको आगो सल्किएको र अब कि इरान समाप्त हुनेछ, कि इजरेल खरानी हुने विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया