
१जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
२विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
३एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
४नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
५कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
६बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
७मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
८नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१०नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१२नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन थपे । उनले ३५ बलमा चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १४ र बसिर अहमेदले १३ रन थपे । किरण ठगुन्नाले १० रन जोडे ।
स्कटल्यान्डका माइकल लियस्क र सफयनज सरिफले समान दुई विकेट लिए । जास्पेर डाभिडसन, ज्याक सारिफ, वार्क वाट र ब्रान्डन म्याकमुलमले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिम नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो । यसबाहेक, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रोपटकमा जित निकालेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एकमात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया