
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन थपे । उनले ३५ बलमा चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १४ र बसिर अहमेदले १३ रन थपे । किरण ठगुन्नाले १० रन जोडे ।
स्कटल्यान्डका माइकल लियस्क र सफयनज सरिफले समान दुई विकेट लिए । जास्पेर डाभिडसन, ज्याक सारिफ, वार्क वाट र ब्रान्डन म्याकमुलमले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिम नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो । यसबाहेक, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रोपटकमा जित निकालेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एकमात्र खेल हो ।
यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया