
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । कानुनमन्त्री अजयकुमार चौरसियालाई पदबाट निलम्बन गरी आवश्यक छानबिन गर्न माग गरिएको छ । मंगलबार युवराज सफलले प्रधानमन्त्री कार्यालयमा उजुरी दिँदै उक्त माग गरेका हुन् ।
कानुन मन्त्री चौरसियाले न्यायाधीशलाई प्रभावमा पारेर अफताब आलमलाई सफाइ दिइएको दाबी गर्दै उनीमाथि आवश्यक छानबिन गर्न माग गरेका हुन् ।
उनले प्रधानमन्त्री कार्यालयमा दिएकाे उजुरीमा भनिएको छ, ‘नेपाल सरकारको जिम्मेवार कानुन मन्त्री प्रतिनिधि सभाको सदस्य र सम्मानित न्याय परिषद्को सदस्य जस्तो गरिमामय पदमा आसीन व्यक्तिले आम नरसंहार, बम काण्ड र हत्या जस्तो केसमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको फैसला पाएको व्यक्तिलाई सफाइ दिन शक्ति, पद, पैसा र पार्टीको दुरुपयोग गर्न मिल्छ ? निजले सेटिङ गरेर नै प्रतिवादी अफताब आलमले सफाइ पाएको हुँदा तत्काल निज बसेको होटलबाट सो होटलको सिसिक्यामेरा फुटेज, निज कानुन मन्त्रीको करिब तीन महिना सम्म अवधिको कुल रेकर्ड एवम् डिटेल्स समेत झिकाई आवश्यक अनुसन्धान गरी निज कानुन मन्त्री अजय कुमार चौरसियालाई तत्काल कानुन मन्त्रीबाट पदमुक्त गरी निजले हत्यारा आम नर संहार र बम काण्डका दोषी मोहम्मद अफताब आलमलाई सफाइ दिन प्रमुख योजनाकार एवम् प्रमुख मतियारको भूमिका खेलेको हुँदा निजलाई हत्यारा, बम काण्ड र आम नरसंहारको घटनामा संलग्न अभियुक्तले पाए ॐ सजाय पाउन पर्ने हुँदा पक्राउ गरी कानुन बमोजिम मुद्दा चलाई आजीवन कारावास वा घटनाको दोषी बचाउने मुख्य योजनाकार एवम् मुख्य मतियार भएबापत पाउने सजाय दिन समेत माग गर्दछु ।’
आफ्नाे मागलाई बेवास्ता गरी उजुरी उपर कारबाही नगरिएमा सोको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने सफलले चेतावनी समेत दिएका छन् ।
जन्मकैद सजाय पाएका आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्धय खुसीप्रसाद थारु र अर्जुन महर्जनले सफाइ दिएका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया