
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौं । नेपालमा कृयाशिल ११ वटा कम्युनिष्ट पार्टीहरुले अमेरिकी साम्राज्यवादले इरानमाथि गरेको हवाइ हमलाप्रति विरोध र निन्दा गरेका छन् । ११ कम्युनिष्ट पार्टीहरुले एक संयुक्त विरोध वक्तव्य जारी गर्दै यस्तो निन्दा गरेका हुन् ।
संयुक्त विरोध वक्तव्यमा उनीहरुले इरानी जनताको संप्रभुताको संरक्षणको समर्थन गर्दै अमेरिकी साम्राज्यवादी हमलाको विरोध जनाएका हुन् ।
इरानमाथिको अमेरिकी हमला पूर्णरुपमा अन्यायपूर्ण रहेको भन्दै विज्ञप्तिमा ‘अमेरिकी साम्राज्यवादले चलाएको यो युद्ध अमेरिकी कानून, संयुक्त राष्टसंघको बडापत्र र मान्यताहरु तथा अन्तर्राष्टिय मूल्य र मान्यताबाट समेत अवैधानिक छ, मानवीय दृष्टिले अपराधिक छ, र न्यायका दृष्टिले अन्यायपूर्ण छ । यसले साम्राज्यवाद भनेको युद्ध हो भन्ने कुराको पुनः पुष्टि गरेको छ ।’ भनिएको छ ।
नेपाली जनताका तर्फबाट उनीहरुले अमेरिकी साम्राज्यवादी विश्वका कयौं स्वाभिमानी र सार्वभौमसत्ता सम्पन्न देशहरुमाथि हुने यसप्रकारका अपराधिक, अन्यायपूर्ण र अवैधानिक युद्धको घोर निन्दा र भत्र्सना गर्दछौँ भनेका छन् ।
वक्तव्यमा उनीहरुले साम्राज्यवादी हमलाको विश्वभर विरोध रहेको भन्दै यो विरोधलाई साम्राज्यवादको अन्त्य र संसारभर समाजवादी सत्ताहरुको उदयसम्म पुर्याउनु पर्नेमा उनीहरुको जोड रहेको छ । यस्तो छ ती पार्टीहरुले जारी गरेको संयुक्त विरोध वक्तव्य :
संयुक्त विरोध वक्तव्य
१० असार २०८२
६० हजार प्यालेस्टेनी जनताको आम नरसंहार, गाजा शहरको विध्वंश गरेको इजरायली राज्य आतंक बीच गत जुन १३ मा इजरायलले इरानका फोर्दो, नान्ताज र इसाफानमा एकतर्फी आक्रमण गरी सैनिक अधिकारी, आणविक वैज्ञानिक लगायत अन्य सर्वसाधारण जनताको हत्या गरेपछि एकतर्फी युद्धको जवाफी कार्वाहीमा इरानले इजरेलको राजधानी तेलअभिव व्यापारिक शहर हाइफा लगायतका स्थानमा रहेका सैनिक अखडा, जासुसी संस्था, सैनिक अनुसन्धान केन्द्रहरुमा आक्रमण गर्याे । यही युद्धको क्रममा जुन २१ मा अमेरिकाले बी–२ बमवर्षक प्रयोग गरी फोर्दोमा ३० हजार पाउण्डको बङकरबस्टर खसालियो । नाताज र इस्ताफानमा ३० वटा टिएलएम क्रुज क्षप्यास्त्र प्रयोग गरियो ।
अमेरिकाबाट भएको यो आक्रमणले इरानका ९ करोड जनतामा ज्यान लिने जोखिम थियो । मध्यपूर्वमा तत्काल खतरा पैदा गथ्र्यो, एशिया भरी गम्भीर रुपमा नकारात्मक प्रभाव पथ्र्यो र विश्वभरी नै नकारात्मक प्रभाव पथ्र्यो । अमेरिकी साम्राज्यवादले चलाएको यो युद्ध अमेरिकी कानून, संयुक्त राष्टसंघको बडापत्र र मान्यताहरु तथा अन्तर्राष्टिय मूल्य र मान्यताबाट समेत अवैधानिक छ, मानवीय दृष्टिले अपराधिक छ, र न्यायका दृष्टिले अन्यायपूर्ण छ । यसले साम्राज्यवाद भनेको युद्ध हो भन्ने कुराको पुनः पुष्टि गरेको छ, । नेपालका हामी क्रान्तिकारी कम्युनिस्टहरु, नेपाली जनता यसप्रकारका अपराधिक, अन्यायपूर्ण र अवैधानिक युद्धको घोर निन्दा र भत्र्सना गर्दछौँ ।
२१औँ शताब्दीसम्म आउँदा साम्राज्यवाद सम्पूर्णरुपले असफल भएको तथ्य स्पष्ट भइसकेको छ । अमेरिकी जनता अमेरिकी साम्राज्यवाद विरुद्ध लाखौँको संख्यामा प्रतिवादमा उत्रिएका छन् । यो आन्दोलनलाई केवल साम्रज्यवादी युद्ध रोक्ने आन्दोलनमा सिमित नगरि साम्राज्यवादकोे अन्त्य र समाजवादी सत्ता स्थापनासम्म पुर्याउन क्रान्तिकारी आह्वान गर्दछौँ । इरान, इजरायल लगायत मध्यपूर्वका उत्पीडित, श्रमजीवि तथा सर्वहारा जनताहरु अमेरिकी साम्राज्यवादको दलाल इजरेली सत्ताको अन्त्य गरी समाजवादी सत्ता स्थापनाको बाटोमा अघि बढ्न पनि हामी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु हार्दिक अपिल गर्दछौँ । अमेरिका, युरोप, मध्यपूर्व लगायत विभिन्न देशहरुमा अमेरिकी साम्राज्यवाद विरुद्ध भएको राजनीतिक प्रतिरोधप्रति क्रान्तिकारी ऐक्यवद्धता रहेको पनि स्पस्ट गर्दछौँ ।
साम्राज्यवाद मुर्दावाद । वैज्ञानिक समाजवाद जिन्दावाद ।
विरोध कार्यक्रमहरु :
१२ असार २०८२ विरोध प्रर्दशन, १३ असार २०८२ ज्ञापन पत्र र १७ असार २०८२ ऐक्यवद्धता एवम् प्रदर्शन ।
क्रान्तिकारी अभिवादन सहित ।
१) क. कञ्चन, महासचिव, नेपाल कम्युनिष्ट पार्टी (बहुमत)
२ क. बसन्त संयोजक, नेपाल कम्युनिष्ट पार्टी
३) क. मानध्वज गुरुङ्ग, अध्यक्ष, नेकपा माक्र्सवादी (पुष्पलाल)
४) क. पूर्णबहादुर सिंह, महासचिव, समाजवादी कम्ययुनिष्ट पार्टी नेपाल
५) क. आशिष, संयोजक, वैज्ञानिक समाजवादी मोर्चा (कपाने)
६) क. दुर्गा बराइली अध्यक्ष, श्रमिक जनता पार्टी नेपाल
७) क. टेकबहादुर बिश्वकर्मा, नेपाल समृद्धि पार्टी
८) क.नारायण शर्मा, अध्यक्ष, अखिल नेपाल कम्युनिष्ट पार्टी
९) क. बिकेसिंह नेपाली (प्रतिवाद) प्रवक्ता, नेपाल कम्युनिष्ट पार्टी बिद्रोही
१०) क. श्रीकान्त, संयोजक, माक्र्सवादी एकता अभियान
११) क. शम्भु कट्टेल, उपाध्यक्ष, नेकपा ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया