News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘म राजनीतिबाट रिटायर्ड हुन लाग्याछु, पार्टीलाई एकढिक्का बनाउछु’ : सभापति देउवा

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को होला भन्ने चासो छ । १५औँ महाधिवेशनका सभापतिका आकांक्षीहरू सभापति देउवालाई रिझाउने प्रयास गरिरहेका छन् । देउवाको समर्थन कुन नेतालाई हुनसक्ला भनेर विभिन्न अनुमान भइरहेका छन् । कांग्रेसभित्र मात्र होइन, बाहिर पनि यो चर्चाले प्राथमिकता पाइरहेको छ ।

तर, सभापति देउवाले चितवन पुगेर सर्वमान्य नेता हुने संकेत गरेका छन् । अर्थात्, आउँदो महाधिवेशनमा आफ्नो टिमको उम्मेदवार नबन्ने संकेत उनले दिएका छन् । १३ असारमा चितवन पुगेका देउवाले भनेका छन्, ‘राजनीतिबाट रिटायर्ड हुन लागेँ, पार्टीलाई एक बनाएर जान्छु ।’

चितवनमा प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलीसभामा सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् । यसलाई राजनीतिक अर्थमा हेर्न खोजिएको छ । देउवाले अझ प्रस्टसँग चितवनमा भनेका छन्, ‘म रिटायर्ड हुन लाग्याछु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

पछिल्ला दिनमा भावी सभापतिका लागि देउवाले नेताहरूलाई ग्रीन सिग्नल दिएका छैनन् । सभापतिको दुई कार्यकालपछि आउँदो महाधिवेशनबाट अवकाश हुँदै गरेका देउवासँग महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्मले आस गरेको देखिन्छ ।

प्रतिक्रिया