News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized अन्तराष्ट्रिय प्रवास राजनीति

भारतको उत्तराखण्डमा बाढी–पहिरो, उद्धार र व्यवस्थापनमा जुट्न नेकपा(बहुमत)को आहवान

 

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको पौडी जिल्ला अन्तर्गत बाकुडा गाउँमा साउन २० गते आएको भीषण बाढी–पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ । प्राकृतिक विपत्तामा परी धेरै जना प्रवासी नेपालीले ज्यान गुमाएका छन् भने थुप्रै घाइते भएका र धेरैजना अझै बेपत्ता रहेको खबर सार्वजनिक भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बिदेश ब्युरो इन्चार्ज मुक्तिले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । बेपत्ता नेपालीहरूको खोजतलासका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीले आफ्नो प्रवासी संगठन ‘नेपाली जनसमाज भारत’ अन्तर्गतका सबै सदस्य र कार्यकर्तालाई विपदमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापन कार्यमा सक्रिय सहभागी हुन निर्देशन समेत गरेको छ ।

प्रतिक्रिया