
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
एचबी चन्द/काठमाडौँ । हालै सम्पन्न नेकपा (बहुमत) स्थायी समितिको बैठकले देशभर फैलिएको जेनजी आन्दोलनलाई जनताको असन्तोष र विद्रोहको ऐतिहासिक विस्फोटको रूपमा मूल्याङ्कन गरेको छ । भदौ ३१ देखि असोज ४ गतेसम्म बसेको स्थायी समितिको बैठकले भदौ २३ र २४ गते देशभर फैलिएको आन्दोलनको राजनीतिक मूल्याङ्कन गर्दै क्रान्तिकारी नेतृत्वको अभावका कारण जनविद्रोह अपहरणमा परेको निष्कर्ष समेत निकालेको हो । बैठकले नेपालको हालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई नोकरशाही दलाल पूँजीवादी व्यवस्थाको चरम असन्तुष्टिको परिणाम बताउँदै हालको सत्ता संरचना नै संकटको मुख्य स्रोत भएको ठहर गरेको छ । पार्टीका अनुसार जेनजी आन्दोलनको पृष्ठभूमि लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, राष्ट्रघात, एकाधिकार, बेरोजगारी र सामाजिक असमानतामा निहित थियो । सरकारमाथिको अविश्वास, सत्तारूढ दलबीचको आन्तरिक संघर्ष र जनजीवनमा फैलिएको आर्थिक सङ्कटले देशलाई ज्वालामुखीझैं विस्फोटको स्थितिमा पुर्याएको ठहर गरिएको छ ।
पार्टीले जेनजी आन्दोलन प्रारम्भमा “भ्रष्टाचार अन्त्य र कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन” जस्ता मागका साथ सुरु भए पनि, राज्यद्वारा गरिएको बल प्रयोग र जनहत्या पछि यो आन्दोलन व्यापक विद्रोहमा परिणत भएको र त्यसपश्चात सत्ता व्यवस्थापन सेनाको नियन्त्रणमा गएको ठहर बैठकले गरेको छ । सेनाले प्रत्यक्ष शासन नलिए पनि दलाल पूँजीवादी गुट र विदेशी सल्लाहमा अन्तरिम सरकार गठन भएको ठहर गरेको छ । पार्टीले यस प्रक्रियामा अमेरिका र भारत दुवैको सक्रियता रहेको दाबी गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्यमा समेत भारतीय प्रभाव देखिएको आरोप लगाएको छ । पार्टीले भदौ २४ पछि आन्दोलनको नेतृत्व अदृश्य शक्तिले कब्जा गरेको उल्लेख गर्दै युवा वर्गको असन्तोषलाई संगठित जनक्रान्तिमा रूपान्तरण गर्न नसक्नु र विचारधारात्मक अस्पष्टताका कारण आन्दोलन अपहरण भएको जिकिर गरेको छ । साथै बैठकले जनविद्रोह सफल हुनका लागि “सही विचार, सही नेतृत्व र जनसेना” आवश्यक हुने ठहर गर्दै ती तत्वको अभावले जेनजी आन्दोलन बुर्जुवाहरूको हातमा परेको निष्कर्ष निकालेको छ ।
पार्टीले आफ्नै भूमिकाको पनि आत्मसमिक्षा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको नीति सही भए पनि कार्यान्वयन र संगठनात्मक तयारी कमजोर रहेको स्वीकार गरेको छ । जनसंगठन र जनसहभागिता विस्तारमा कमजोरी स्वीकार गर्दै आगामी रणनीति पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले जनमेललाई भने । उक्त बैठकले पाँच प्रमुख निष्कर्ष समेत निकालेको छ । पहिलो : नेपालको राजनीतिक अवस्था विस्फोटक बिन्दुमा पुगेको छ । दोस्रो : पार्टीको मूल्याङ्कन सही सावित भएको छ । तेस्रो : नेपाली युवामा विद्रोहको उच्च क्षमता छ । चौथो : नेतृत्वविहीन आन्दोलन उपलब्धिविहीन रहन्छ र पाँचौ : जनताको आफ्नै सैन्य शक्ति नहुँदा उपलब्धि अपहरण हुन्छ । बैठकले अब पार्टीलाई विचारधारात्मक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्संरचना गर्दै “लाल जेन–अल्फा” नामक नयाँ क्रान्तिकारी युवा ढाँचा निर्माण गर्नेतिर ध्यान दिने बताएको छ । साथै, ग्रामीण र शहरी बस्तीमा “सोभियत शैलीका जनसत्ता” निर्माण गर्ने संकेत पनि दिएको छ । वर्तमान अन्तरिम सरकारलाई “यथास्थितिवादी र पश्चगामी” ठहर गर्दै पार्टीले त्यसको समर्थन नगर्ने र संविधान पुनर्लेखनसहित “वैज्ञानिक समाजवादी संविधान” निर्माणका लागि आन्दोलन गर्ने रणनीति तय गरेको छ । अबको यात्रामा पार्टीकोे लक्ष्य जनविद्रोह र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना रहेको र त्यसका लागि नयाँ एकता, नयाँ संगठन र नयाँ आन्दोलन अपरिहार्य भएको पार्टीले बताएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया