
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ । त्रिवि अन्तर्गत २४ वटा क्याम्पस प्रमुखहरूमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा लगायतका दलहरू निकटस्थहरूलाई भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै खारेज गर्न माग गरेको हो ।
अध्यक्ष वीरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै भागबण्डाका आधारमा गरिएका नियुक्तिहरू बदर गर्न माग गरेका हुन । मेरिटोक्रेसीको रटान गर्ने उपकुलपति, रेक्टर र रजिस्ट्रारले अन्ततः आफ्नै पार्टी निकटका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरुलाई क्याम्पस प्रमुख छानेको उनको आरोप छ ।
यसअघि पनि ८ डीन, ३ निर्देशक र ६ सहपरीक्षा नियन्त्रक पनि भागबण्डाका आधारमा नियुक्ति गरिएको अखिल क्रान्तिकारीको आरोप छ । भागबन्डाका आधारमा गरिएको नियुक्तिप्रति घाेर भर्त्सना र निन्दा व्यक्त गर्दै ती नियुक्तिहरू बदर गर्न माग गरेको हो ।
संगठनले पटकपटक सचेत गराउँदा गराउँदै अटेर गरेर राजनीतिक भागबण्डा गरेर पदीय लुट नमच्चाउन चेतावनी दिए । विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय प्रशासनलाई ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखान चरितार्थ नगर्ने पनि आग्रह गरे ।
विश्वविद्यालयमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको ठाडो निर्देशनमा राजनीतिक हस्तक्षेप भइरहेको अखिल क्रान्तिकारीको आरोप छ । तत्काल राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउनका साथै शैक्षिक क्षेत्रलाई प्राज्ञिक मर्यादा भित्र सञ्चालन गर्न अनुरोध गरे ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया