News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विचार

पार्टीभित्रको एकताप्रति द्वन्द्वात्मक दृष्टिकोण : माओत्सेतुङ

१९५७ नोभेम्बर १८ मा कम्युनिस्ट र मजदूर पार्टीहरूको प्रतिनिधि सभा, मस्कोमा तत्‌कालिन चिनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङद्धारा गरिएको भाषणको सम्पादित अंश : एकताको प्रश्नबारे म केही दृष्टिकोण राख्न चाहन्छु । मेरो विचारमा, चाहे जोसुकै किन नहोस्, जबसम्म ऊ कुनै शत्रुतापूर्ण तत्व वा विघटनकारी व्यक्ति होइन, हामीले प्रत्येक साथीप्रति एकताको मनोभाव राख्नुपर्छ । हामीले उसप्रति रूपवादी वा जडवादी होइन, द्वन्द्वात्मक दृष्टिकोण अपनाउनुपर्छ ।
द्वन्द्वात्मक दृष्टिकोण भन्नाले के हो ?
यसको मतलब हो, हरेक कुरामा विश्लेषणात्मक हुनु, मानिसहरू सबैले गल्ती गर्छन् भन्ने कुरा स्वीकार गर्नु, र कसैले गल्ती गरेको आधारमा उसलाई पूर्ण रूपमा नकार्नु नहुने । लेनिनले भनेका थिए, “संसारमा कुनै पनि व्यक्ति छैन जसले गल्ती नगरेको होस् ।” हरेकलाई अरूको सहयोग चाहिन्छ । सक्षम मानिसलाई पनि तीन जनाको सहयोग आवश्यक हुन्छ, भित्तोलाई तीनवटा टेकाउने काँठ चाहिन्छ, सेतालो कमललाई त्यसका हरियाली पातहरूले सुशोभित गर्छन, यी सबै चिनियाँ उखानहरू हुन् । अर्को उखान भन्छ, “तीन मोचीको बुद्धि मिलेर झूगे लियाङ बराबर हुन्छ ।” झूगे लियाङ जति बुद्धिमान् भए पनि उसमा पनि केही सीमितताहरू छन् । हाम्रा बारा देशहरूले बनाएको यो घोषणापत्र नै हेरौँ : पहिलो, दोस्रो, तेस्रो, चौथो मस्यौदा पार गरिसक्दा पनि अझै बाधा–छानबिन भइरहेकै छ । आफूलाई सर्वज्ञ वा सर्वशक्तिमान् ठान्नु उचित हुँदैन ।
त्यसैले, गल्ती गर्ने साथीप्रति हामीले कस्तो व्यवहार गर्ने?
हामीले द्वन्द्वात्मक, विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ, जडवादी होइन । हाम्रा पार्टीमा कहिलेकाहीँ जडवाद घुस्यो, डोग्मावाद आयो, जसले केहीलाई मन नपरेको कारण पूर्ण रूपमा नष्ट गरिदिन्थ्यो । पछि, हामीले त्यो जडवाद त्याग्यौँ र केही द्वन्द्ववाद सिक्यौँ । द्वन्द्ववादको मूल सिद्धान्त भनेको विरोधाभासहरूको एकता हो । त्यसको आधारमा, गल्ती गरेको साथीप्रति के गर्ने ? पहिलो—उसका गलत विचारहरू विरुद्ध संघर्ष गर्नु । दोस्रो—उसलाई सहयोग गर्नु । संघर्ष र सहायता, यी दुई हातले काम गर्नुपर्छ । उद्देश्य उसलाई सुधार्ने, उसलाई बाटो देखाइदिने हो । तर अर्को किसिमका मानिसहरूसँग व्यवहार फरक हुन्छ । ट्रट्स्की, चेन डूसिउ, झाङ गुओताओ, गाओ गाङ जस्ता मानिसहरू, उनीहरू सुधारिनसक्ने थिएनन् । हिटलर, च्याङ काइ–सेक, जारजस्ता व्यक्ति पनि यस्तो वर्गमा पर्थे । उनीहरूलाई ढाल्नै पर्ने थियो, किनभने उनीहरू र हामी एक–अर्कासँग बिल्कुलै असंगत थियौँ । रणनीतिक हिसाबले हेर्दा, पूँजीवाद र साम्राज्यवाद अन्तत : समाजवादद्वारा प्रतिस्थापित हुन्छन् । आदर्शवादलाई भौतिकवादले, आस्तिकतालाई नास्तिकताले प्रतिस्थापन गर्छ । तर रणनीति र कार्यनीति (तबअतष्अक) फरक हुन्छन । कहिलेकाहीँ सम्झौता गर्नुपर्छ । कोरियामा ३८औँ अक्षांशमा अमेरिकासँग सम्झौता गरिएन र ? भियतनाममा फ्रान्ससँग सम्झौता भएन र ?
कार्यनीतिक चरणमा संघर्ष र सम्झौता दुवै गर्न सक्नुपर्छ ।
अब फेरि साथीहरूबीचको सम्बन्धमा फर्कौँ । केहीले सोच्ने गर्छन, पार्टीमा छिरेपछि सबै मानिस पवित्र बन्छन्, कुनै मतभेद हुँदैन, पार्टी एकदम एकरूप हुन्छ, त्यसैले छलफलको आवश्यकता हुँदैन । मानौँ पार्टीमा छिरेको बित्तिकै १०० प्रतिशत मार्क्सवादी हुनुपर्छ । तर वास्तवमा १००, ९०, ८०, ७०, ६०, ५० प्रतिशत मार्क्सवादी हुन्छन; कतिपय त १० वा २० प्रतिशत मात्र मार्क्सवादी हुन्छन् । त्यसैले साथीहरूबीच सानो कोठामा बसेर कुरा गर्न नसकिने कारण छैन । एक–अर्कालाई सहयोग गर्ने, एकताबाट अघि बढ्ने भावना रहनुपर्छ । हाम्रो बारा देश अहिले यही गरिरहेका छैनन् र ? साठीभन्दा बढी पार्टीहरू सञ्चालन गरिरहेका छलफल पनि यहीँ होइन ? अर्थात—मार्क्सवाद–लेनिनवादका सिद्धान्तहरूलाई क्षति नपुर्‍याई, अरूका केही विचारहरू स्वीकार्ने, आफ्ना केही विचारहरू छोड्ने, यो एउटा द्विपक्षीय प्रक्रिया हो ।
त्यसैले गल्ती गरेको साथीलाई सम्हाल्ने दुई हात हुन्छन :
एक हात—सिद्धान्तका लागि संघर्ष, अर्को हात—एकताको लागि सहयोग ।
सिद्धान्त र लचीलापनको एकता—यही हो द्वन्द्ववाद । संसारमा, विशेषगरी वर्गीय समाजमा हरेक ठाउँ विरोधाभासले भरिएको छ । कतिले भन्छन “समाजवादमा पनि विरोधाभास फेला पार्न सकिन्छ ।” तर म भन्छु “फेला पार्ने” होइन, समाजवाद विरोधाभासहरूले नै भरिएको हुन्छ । मानिस पनि विरोधाभासहरूको एकता हो । उसलाई विश्लेषण गर्न नसकिन्छ भन्ने सोच नै जडवाद हो । परमाणु हेरौँ—नाभिक र इलेक्ट्रोनहरूको विरोधी एकता हो । नाभिकभित्र प्रोटोन–न्यूट्रोनको विरोधाभास, अनि प्रोटोन–प्रतिप्रोटोन, न्यूट्रोन–प्रतिन्यूट्रोन… सबैत्र विरोधाभासको एकता । द्वन्द्ववादलाई दार्शनिकहरूको सानो दायराबाट निकालेर जनसाधारणसम्म पुर्याउनुपर्छ । पार्टीको पोलिटब्युरोदेखि सबै स्तरका समितीहरूमा यसको चर्चा हुनुपर्छ । हाम्रा साधारण शाखा सचिवहरू पनि द्वन्द्ववाद बुझ्छन, किनकि जब उनीहरू रिपोर्ट लेख्छन्, उनीहरू दुई कुरा लेख्छन : उपलब्धि र कमजोरी । एक दुईमा विभाजित हुन्छ—यो सार्वभौमिक घटना हो । यही हो द्वन्द्ववाद ।

प्रतिक्रिया

ट्रेन्डिङ