
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, असोज १३ । वीरगन्जस्थित नेसनल मेडिकल कलेज–शिक्षण अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकहरूमाथि कलेज प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का संयोजक विरेन्द्र शाहले आपत्ति जनाएका छन । संगठनले चिकित्सकहरूको समस्या तत्काल समाधान गरि अध्ययनको वातावरण सुनिश्चित गर्न माग गर्दै अन्यथा कडा संघर्ष गर्ने चेतावनी दिएको छ । संगठनका अनुसार नेसनल मेडिकल कलेज–शिक्षण अस्पतालमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत ५५ जना आवासीय चिकित्सक विगत १३ दिनदेखि आन्दोलनमा छन् । कलेज प्रशासनले बिना कारण कारबाही गर्न खोजेको तथा होस्टलबाट समेत हटाउन खोजेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएको संगठनको भनाइ छ । अखिल (क्रान्तिकारी)ले कलेज प्रशासनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) तथा डिन कार्यालयको निर्देशनसमेत उल्लंघन गर्दै आवासीय चिकित्सकलाई अस्पताल प्रवेशमा रोक लगाउने, सेवा–सुविधा कटौती गर्ने तथा फोनमार्फत मानसिक तनाव दिने कार्य गरेको आरोप लगाएको छ ।
संगठनले प्रक्रियाअनुसार मेडिकल कलेजमा भर्ना भई पाँच महिनाभन्दा बढी समय अध्ययन गरिसकेका विद्यार्थीको पढाइ नै प्रभावित हुने गरी कलेज तथा अस्पताल प्रशासनबाट भइरहेको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)ले विश्वविद्यालय तथा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) प्रशासनलाई घटनामा तत्काल हस्तक्षेप गरि सिम्बन्धित कलेज प्रशासनमाथि आवश्यक कारबाही गर्न र अध्ययनरत विद्यार्थीलाई न्याय दिन माग गरेको छ । विद्यार्थीहरूको समस्या तत्काल समाधान नभए मेडिकल कलेजको मनपरी र दादागिरीविरुद्ध संगठनले कडा संघर्ष अघि बढाउने चेतावनीसमेत दिएको छ । “स्वास्थ्य शिक्षामा देखिएका विकृति र विद्यार्थीमाथि हुने अन्यायविरुद्ध संगठन निरन्तर खबरदारी र संघर्षमा रहनेछ,” संगठनले जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया