
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति दार्चुलाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, मदिरा तथा लागुऔषधको अवैध कारोबार र यातायात क्षेत्रमा हुने मनपरी नियन्त्रण गर्न माग गरेको छ । पार्टीले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाउँदै सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका समस्याको समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरेको हो । ज्ञापनपत्रमा चाडपर्वका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य बढाउने तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने उल्लेख गरिएको छ । उपभोक्तालाई ठगी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।
त्यसैगरी, अवैध रूपमा मदिरा बिक्रीवितरण, लागुऔषधको कारोबार तथा सेवन र जुवातासजस्ता विकृतिजन्य गतिविधिले सामाजिक शान्ति, सुरक्षा र सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न विशेष पहल गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । चाडपर्वका समयमा हुन सक्ने झैझगडा, हिंसा तथा अन्य आपराधिक गतिविधि रोक्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि माग गरिएको छ । सीमावर्ती क्षेत्रका सर्वसाधारणले दैनिक उपभोग्य सामग्री घरायसी प्रयोजनका लागि ल्याउँदा भन्सारसम्बन्धी नियमको पालना हुने गरी सहज, सरल र पारदर्शी व्यवस्था गर्न पार्टीले आग्रह गरेको छ । अनावश्यक झन्झट हटाई सर्वसाधारणलाई सहज रूपमा सामग्री ओसारपसार गर्ने वातावरण बनाउनुपर्ने उसको माग छ ।
यातायात क्षेत्रको अनियमितताप्रति ध्यानाकर्षण गराउँदै पार्टीले चाडपर्वको मौका छोपी सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य तत्काल नियन्त्रण गर्नुपर्ने जनाएको छ । सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी सुनिश्चितता तथा प्रचलित नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्न पनि माग गरिएको छ । सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था जाँच गर्ने, चालकको लापरबाही नियन्त्रण गर्ने र यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै व्यवस्थित यातायात सेवा सञ्चालन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । पार्टीका जिल्ला सचिव क. विजयले ज्ञापनपत्रमार्फत उठाइएका मागलाई गम्भीरतापूर्वक लिई तत्काल आवश्यक पहल र कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया