
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला कञ्चनले १० बर्षे महान जनयुद्धलाई एउटा परिघटनाका रुपमा स्मरण गरेका छन् ।
बिहिबारदेखि दाङमा सुरु भएको पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त परिघटनामा कैयाैं कठिनाईहरूका बाबजुद पनि आफुहरु अपार आनन्दमा बाँचेको समेत स्मरण गरे !
‘महान् जनयुद्ध त्यस्ताे परिघटना हाे, जहाँ हामी कैयाैं कठिनाईहरूका बाबजुद अपार आनन्दमा बाँचिरहेका थियाैं !’ उनले भने ।
२०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका ३० वर्षहरू पार भएकाे अवसरमा उनले इतिहास रच्ने ती महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । साथै महान् बेपत्ता योद्धाहरूको स्मरण गर्दै घाइते वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।
समान्यतः ३ हजार वर्ष पुरानो र विशेषतः २५० वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको जनयुद्ध आफैँमा कति महान् थियो भन्ने तथ्य आगामी पिंढीका लागि अत्यन्तै महत्वको हुने उनले बताए ।
साथै नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाई छ ।
जनयुद्ध दिवसको अवसरमा बहुमतले रक्तदान समेत गरेको छ । बिहिबारदेखि सुरु भएको बैठक फागुन ५ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया