
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का १ नम्बर ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ। हिजो राति ९ बजे तिर आफ्नै घरमा बसी रहेका बेला प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा(बहुमत)ले कडा आपत्ति जनाएको छ।
पार्टीका अनुसार कटुवाललाई चैत्र ७ गते राति करिब ९ बजे आफ्नै घरमा परिवारसँग बसिरहेका बेला साधा पोशाकका प्रहरीहरू आएर गिरफ्तार गरेका थिए। पार्टीले विज्ञप्ति जारी गर्दै बिना कुनै कारण रातको समयमा साधा पोशाकका प्रहरी पठाएर गिरफ्तार गर्नु गैर-कानूनी र निन्दनीय कार्य भएको जनाएको छ।
“शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने, आफ्नो विचार अभिव्यक्त गर्न पाउने तथा संघ-संगठनमा आबद्ध हुने संवैधानिक हकको ठाडो उल्लंघन गरिएको छ। सरकारले लोकतान्त्रिक अधिकारमाथि दमन गर्दै जाने हो भने यसका गम्भीर परिणाम आउन सक्छन्,” विज्ञप्तिमा उल्लेख छ।
संवैधानिक अधिकारको उल्लंघन भएको पार्टीको आरोप
पार्टीले कटुवालको गिरफ्तारीलाई गैरन्यायिक भन्दै सरकारको आलोचना गरेको छ। “संविधानले नै नागरिकलाई स्वतन्त्र रूपमा संगठित हुने, विचार अभिव्यक्त गर्ने र निष्पक्ष रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार दिएको छ। तर, सरकारले मनोमानीपूर्ण रूपमा हाम्रो नेताहरूलाई गिरफ्तार गरेर दमनको नीति अवलम्बन गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले पाँचथर प्रहरीले कटुवाललाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै अन्यथा थप संघर्ष चर्काउने चेतावनी दिएको छ। “यदि कटुवाललाई रिहा नगरिएमा सरकारकै दमनकारी नीति विरुद्ध जनस्तरबाट सशक्त आन्दोलनको घोषणा गरिनेछ। यसको सम्पूर्ण जिम्मेवारी वर्तमान संसदीय दलाल पुँजीवादी सरकारलाई नै जान्छ,” पार्टीले स्पष्ट पारेको छ।
मानव अधिकार उल्लंघनको विषयमा चेतावनी
नेकपाले कटुवालको गिरफ्तारीलाई राज्य आतङ्कको संज्ञा दिँदै मानव अधिकार संगठनहरू, पत्रकार, बुद्धिजीवी तथा न्यायप्रेमी नागरिकहरूलाई यसविरुद्ध आवाज उठाउन अपील गरेको छ। “सरकार निरंकुशतातर्फ उन्मुख भइरहेको छ। हामी सम्पूर्ण मानव अधिकारवादीहरूलाई अपील गर्दछौं कि, गैरन्यायिक गिरफ्तारी तथा राज्य दमनका विरुद्ध सशक्त रूपमा प्रतिरोध गरियोस्,” विज्ञप्तिमा भनिएको छ।
प्रहरीको औपचारिक प्रतिक्रिया आउन बाँकी
यस घटनासम्बन्धी प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। कटुवाललाई कुन कारणले गिरफ्तार गरिएको हो भन्ने विषयमा अझै खुलासा गरिएको छैन। पाँचथर प्रहरी कार्यालयमा यस विषयमा बुझ्न खोज्दा कुनै पनि अधिकारीले प्रतिक्रिया दिन मानेका छैनन्।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया