
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च अहोदामा रहेका हरेक व्यक्तिहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।
पार्टीका ३ नम्बर ब्यूरो इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ले देशको मुख्य दुश्मन भ्रष्टाचार रहेको र उच्च अहोदाका व्यक्तिहरु नै त्यसको कारक भएको आरोप लगाएका हुन् । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माईतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।
देशलाई समृद्ध तथा जनताको जीवन स्तर माथि उठाउन प्रत्येक उच्च पदस्त व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर राज्यकोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनु पर्ने धारणा राखे ।
चलाउनेले कुलमान घिसिङलाई बर्खास्त गरिनुको मुख्य कारण पनि मन्त्रीले चलखेल गर्न नपाएको आरोप लगाउँदै भने,“उर्जामन्त्री दिपक खड्का जल तथा विद्युत व्यवसायी भएको र त्यसमा घिसिङले चलखेल गर्न नदिएपछि हटाए ।” “यसरी राज्यका उच्च पदस्त व्यक्तिहरुको कुदृष्टि नै राज्यकोषमा भएपछि देश बन्छ ? भ्रष्टचारको मुहान नै यस्तै व्यक्ति भएपछि जनताको समृद्धि सम्भव छ ?” चलाउनेले प्रश्न गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरुले आन्दोलनको घोषणा गरेको जानकारी दिए । उक्त पत्रकार सम्मेलनमा पार्टीका काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बु, भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा बजगाई, चितवन जिल्ला इन्चार्ज रक्तिम, काठमाडौं सेक्रेटरी दर्शन कुमार नेपालीलगायतको उपस्थिति रहेको थियो ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया