
१विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
२एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
३नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
४कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
५बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
६मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
७नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
९नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
११नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१२नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२२०६३ मंसिर ५ को बृहत शान्ति सौम्झौता जस्तै : जेनजी बिद्रोहका उद्देश्य पनि विसर्जन गरिए–बास्तोला
इटहरी, सुनसरी । नेकपा (बहुमत) १ नं. व्यूरोको जनसंघर्ष अभियान आजबाट उद्घाटन गरेको छ । सुनसरी जिल्लाको इटहरी चोकबाट शुक्रबार भव्य रूपमा ‘भ्रष्ट दलाल पूँजीवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’ उद्घाटन गरिएको छ।
“दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गरौं ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौं !!” भन्ने मूल नाराका साथ सुरु भएको उक्त अभियानले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनाको मुद्दालाई प्रमुख लक्ष्यका रूपमा अघि सारेको छ।
सडक संघर्षको आह्वान
अभियान उद्घाटन समारोहमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै पार्टीका पोलिट ब्यूरो सदस्य तथा अभियान टिमका प्रमुख गोकुल पराजुलीले वर्तमान दलाल संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै यसका क्रान्तिकारी विकल्पको खोजी गर्नुपर्ने धारणा राखेका छन्। उहाँले वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र जनताको वास्तविक हित र संरक्षणको ग्यारेन्टी हुने भन्दै उत्पीडित जनता तथा सम्पूर्ण परिवर्तनकामी शक्तिलाई सडक संघर्षमा उत्रिन आह्वान गरेका छन्।
वर्तमान सत्तासीन दलहरू प्रति कटाक्ष गर्दै पराजुलीले भने, “यो वा त्यो बहानामा मुलुकलाई यथास्थितिमै राख्न खोज्ने एमाले, कांग्रेस र माके जस्ता दलहरूका साथै राजतन्त्र पुनर्स्थापनाको सपना देखिरहेका प्रतिगामी शक्तिहरूलाई जनताले सडकमा पछार्नुपर्ने समय आइसकेको छ।”
सङ्गठित अभियान र विशाल जुलुस
यस अभियानको पूर्वसन्ध्यामा निकालिएको विशाल जुलुसले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनाको माग गर्दै इटहरी बजार परिक्रमा गरेको थियो। नाराबाजीसहित आयोजित यस जुलुसमा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
नेकपा (बहुमत) ले यस अभियानलाई निरन्तरता दिने बताउँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाका लागि आगामी दिनमा अझ सशक्त आन्दोलन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीका पोलिट ब्यूरो सदस्य नरेशले सञ्चालन गरेको उक्त अभियान उद्घाटन कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता निशान कटुवालले पनि सम्बोधन गरेका थिए।



१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया