
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
इटहरी, सुनसरी । नेकपा (बहुमत) १ नं. व्यूरोको जनसंघर्ष अभियान आजबाट उद्घाटन गरेको छ । सुनसरी जिल्लाको इटहरी चोकबाट शुक्रबार भव्य रूपमा ‘भ्रष्ट दलाल पूँजीवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’ उद्घाटन गरिएको छ।
“दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गरौं ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौं !!” भन्ने मूल नाराका साथ सुरु भएको उक्त अभियानले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनाको मुद्दालाई प्रमुख लक्ष्यका रूपमा अघि सारेको छ।
सडक संघर्षको आह्वान
अभियान उद्घाटन समारोहमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै पार्टीका पोलिट ब्यूरो सदस्य तथा अभियान टिमका प्रमुख गोकुल पराजुलीले वर्तमान दलाल संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै यसका क्रान्तिकारी विकल्पको खोजी गर्नुपर्ने धारणा राखेका छन्। उहाँले वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र जनताको वास्तविक हित र संरक्षणको ग्यारेन्टी हुने भन्दै उत्पीडित जनता तथा सम्पूर्ण परिवर्तनकामी शक्तिलाई सडक संघर्षमा उत्रिन आह्वान गरेका छन्।
वर्तमान सत्तासीन दलहरू प्रति कटाक्ष गर्दै पराजुलीले भने, “यो वा त्यो बहानामा मुलुकलाई यथास्थितिमै राख्न खोज्ने एमाले, कांग्रेस र माके जस्ता दलहरूका साथै राजतन्त्र पुनर्स्थापनाको सपना देखिरहेका प्रतिगामी शक्तिहरूलाई जनताले सडकमा पछार्नुपर्ने समय आइसकेको छ।”
सङ्गठित अभियान र विशाल जुलुस
यस अभियानको पूर्वसन्ध्यामा निकालिएको विशाल जुलुसले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनाको माग गर्दै इटहरी बजार परिक्रमा गरेको थियो। नाराबाजीसहित आयोजित यस जुलुसमा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
नेकपा (बहुमत) ले यस अभियानलाई निरन्तरता दिने बताउँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाका लागि आगामी दिनमा अझ सशक्त आन्दोलन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीका पोलिट ब्यूरो सदस्य नरेशले सञ्चालन गरेको उक्त अभियान उद्घाटन कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता निशान कटुवालले पनि सम्बोधन गरेका थिए।



प्रतिक्रिया