
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आगामी वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा लाल मार्च सहितको विशाल जनसभा गर्ने निर्णय गरेको छ। अहिले संसदीय व्यवस्थालाई दलाल संसदीय व्यवस्थाको संज्ञा दिदै यसको विकल्पमा समाजवादी गणतन्त्रको स्थापना गर्ने लक्षसहित अगाडी बढेको बहुमतले गर्ने १८ गतेको जनसभाले समाजवादी गणतन्त्रको आवश्यकता र त्यसका लागि हुने संघर्षबारे जनचेतना अभिवृद्धि गर्ने पार्टीको विश्वास छ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बसेको पार्टी स्थायी समितिको बैठकले सो निर्णय गरेको हो। चैत १६ र १७ गते बसेको बैठकले समाजवादी गणतन्त्रको पक्षमा जनमत निर्माण गर्न अन्य विभिन्न आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ।
पार्टीले हालैको तीनकुने घटनालाई “यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूको जनताको आक्रोस दुरुपयोगको पछिल्लो उपक्रम” भन्दै सरकार र राजावादी दुबै पक्षको आलोचना गरेको छ। वक्तव्यमा भनिएको छ, “नेपालको इतिहासमा पटक-पटक दोहोरिने राष्ट्रिय आत्मसमर्पणवाद, सर्वहारावादी आन्दोलनमाथि हुने दक्षिणपन्थी आत्मसमर्पणवाद र साम्राज्यवादी षडयन्त्रकै परिणामस्वरूप स्थापित दलाल पुँजीवादी गणतन्त्रले चरम भ्रष्टाचार, शोषण र राष्ट्रघातलाई संस्थागत गरिरहेको छ।”
यस्तै चैत १० गतेदेखि सुरू गरिएको “भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाविरुद्ध जनसंघर्ष अभियान” अझ सशक्त बनाइने निर्णय बैठकले गरेको छ। पार्टीका अनुसार यो अभियान अब पश्चगमन र यथास्थितिवादको भण्डाफोर गर्दै समाजवादी गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न केन्द्रित गरिनेछ।
यस्तै बैठकले वैज्ञानिक समाजवादी क्रान्तिका पक्षधर शक्तिहरूसँग कार्यगत एकता र सहकार्यका लागि समन्वय गर्ने निर्णय पनि गरेको छ। “पश्चगमन र यथास्थितिवादविरुद्ध संघर्षरत शक्तिहरूसँग आवश्यक सहकार्य गर्दै अघि बढ्नेछौं,” वक्तव्यमा उल्लेख छ।
पार्टीका महासचिव धर्मेन्द्र वास्तोला कञ्चनद्वारा जारी विज्ञप्तिमा प्रतिगामी शक्तिहरुको चलखेलका बिरुद्धमा सडकमा उत्रन सम्पूर्ण जनता र क्रान्तिकारी शक्तिलाई आह्वान गरिएको छ।

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया