
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आगामी वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा लाल मार्च सहितको विशाल जनसभा गर्ने निर्णय गरेको छ। अहिले संसदीय व्यवस्थालाई दलाल संसदीय व्यवस्थाको संज्ञा दिदै यसको विकल्पमा समाजवादी गणतन्त्रको स्थापना गर्ने लक्षसहित अगाडी बढेको बहुमतले गर्ने १८ गतेको जनसभाले समाजवादी गणतन्त्रको आवश्यकता र त्यसका लागि हुने संघर्षबारे जनचेतना अभिवृद्धि गर्ने पार्टीको विश्वास छ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बसेको पार्टी स्थायी समितिको बैठकले सो निर्णय गरेको हो। चैत १६ र १७ गते बसेको बैठकले समाजवादी गणतन्त्रको पक्षमा जनमत निर्माण गर्न अन्य विभिन्न आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ।
पार्टीले हालैको तीनकुने घटनालाई “यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूको जनताको आक्रोस दुरुपयोगको पछिल्लो उपक्रम” भन्दै सरकार र राजावादी दुबै पक्षको आलोचना गरेको छ। वक्तव्यमा भनिएको छ, “नेपालको इतिहासमा पटक-पटक दोहोरिने राष्ट्रिय आत्मसमर्पणवाद, सर्वहारावादी आन्दोलनमाथि हुने दक्षिणपन्थी आत्मसमर्पणवाद र साम्राज्यवादी षडयन्त्रकै परिणामस्वरूप स्थापित दलाल पुँजीवादी गणतन्त्रले चरम भ्रष्टाचार, शोषण र राष्ट्रघातलाई संस्थागत गरिरहेको छ।”
यस्तै चैत १० गतेदेखि सुरू गरिएको “भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाविरुद्ध जनसंघर्ष अभियान” अझ सशक्त बनाइने निर्णय बैठकले गरेको छ। पार्टीका अनुसार यो अभियान अब पश्चगमन र यथास्थितिवादको भण्डाफोर गर्दै समाजवादी गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न केन्द्रित गरिनेछ।
यस्तै बैठकले वैज्ञानिक समाजवादी क्रान्तिका पक्षधर शक्तिहरूसँग कार्यगत एकता र सहकार्यका लागि समन्वय गर्ने निर्णय पनि गरेको छ। “पश्चगमन र यथास्थितिवादविरुद्ध संघर्षरत शक्तिहरूसँग आवश्यक सहकार्य गर्दै अघि बढ्नेछौं,” वक्तव्यमा उल्लेख छ।
पार्टीका महासचिव धर्मेन्द्र वास्तोला कञ्चनद्वारा जारी विज्ञप्तिमा प्रतिगामी शक्तिहरुको चलखेलका बिरुद्धमा सडकमा उत्रन सम्पूर्ण जनता र क्रान्तिकारी शक्तिलाई आह्वान गरिएको छ।




१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया