
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अफताव आलमलाई सफाई दिने न्यायाधीशहरुलाई जनसहभागितामै कालोमोसो दलेर सांकेतिक कारावाही गरिएको र गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।
पार्टी महासचिव कञ्चनले एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनताको सहभागितामै कालोमोस दलिएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
इटहरीमा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका कांग्रेस नेता अफताव आलमलाई सफाई दिने न्यायाधिशहरु खुसीराम थारू र अर्जुन महर्जनलाई कालोमोसो दलेर जनाकाराही गरेको हो ।
”यही क्रममा देशमा भएका भ्रष्टाचार, लघुवित्त, मिटरव्याज, वित्तिय शोषण, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण र लुटपाटका बिरुद्ध जनपरिचालन गर्दै आएको छ । देशमा किसान मजदुर, बिद्यार्थी, शिक्षक कलाकार, बुद्धिजिवी लगायत सम्पूर्ण श्रमजीवी जनतामाथि हुने शोषण उत्पीडन, राष्ट्रियता, जनतन्त्र, जनजिवीका सम्बद्ध यावत समस्याहरुका बिरुद्ध संघर्ष गर्न समस्त जनतामा अपिल गर्दै आएको छ । यहीक्रममा जिउँदै मानिसलाई इटाभट्टामा जलाएर हत्या गर्ने पूर्व मन्त्री अफ्ताव आलमलाई सफाई दिने न्यायधीश खुसी राम थारु र अर्जुन महर्जनलाई हाम्रो पार्टीका केन्द्रीय सदस्यहरु क. अविनाश, क. पदम र सिरहा जिल्ला सचिवालय सदस्य क. गर्भू महतोको नेतृत्वमा जनसमुदायको सहभागितासहित कालोमोसो दलिएको छ ।” महासचिव कञ्रनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
पिडितलाई अन्याय गर्ने मात्रै नभएर नेपालको न्याय प्रणालीलाई मै अन्तराष्ट्रियस्तरमै कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका सबै इमान्दार न्यायाधीशहरुको बेइज्जत गर्ने थारू र महर्जनमाथिको सांकेतिक कारवाही भएको महासचिव कञ्चनले बताएका छन् ।
”पिडतलाई अन्याय गर्ने मात्र नभएर नेपालको न्याय प्रणालीलाई नै अन्तर्राष्ट्रिय जगतमा कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका इमान्दार सबै न्यायधीशहरुको इज्जतमा कालो धब्बा लगाउने न्यायधीश माथि यो सांकेतिक कारबाही हो । हाम्रो पार्टी सम्पूर्ण जनसमुदायमा पुन स्पष्ट गर्न चाहन्छ कि नेपालको दालाल पुँजीवादी संसदीय व्यवस्था रहँदा सम्म समाजमा यसप्रकारका विक्रितिहरु रही रहने छन् ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया