News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय मुख्य समाचार राजनीति

इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध समाप्त गर्ने टर्कीको घोषणा

काठमाडौँ । टर्कीले इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध समाप्त गरेको छ । यसका साथै टर्कीले इजरायली विमानहरूका लागि आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको छ । इजरायलले गाजा शहर कब्जा गर्ने प्रयास गरेपछि टर्कीले यो निर्णय लिएको हो ।

टर्कीका विदेशमन्त्री हकान फिदानले यदि इजरायलले आफ्नो सैन्य कारबाही बन्द गरेन भने सम्पूर्ण क्षेत्र द्वन्द्वमा फस्न सक्ने बताएका छन् । फिदानले विश्वका प्रमुख शक्तिहरूलाई इजरायललाई समर्थन गर्न बन्द गर्न र यसको विरुद्ध अन्तर्राष्ट्रिय कदम चाल्न अपील गरेका छन् ।

फिदानले स्पष्ट रूपमा अब न त टर्कीका जहाजहरू इजरायली बन्दरगाहमा जानेछन् न त इजरायली जहाजहरूलाई यहाँ आउन दिने बताएका छन् । टर्कीले पहिले नै गाजामा इजरायलको आक्रमणको कडा विरोध गर्दै आएको छ ।

राष्ट्रपति एर्दोगानले यी आक्रमणहरूलाई धेरै पटक नरसंहारको रूपमा वर्णन गरेका छन् र प्रधानमन्त्री नेतान्याहूलाई हिटलरसँग तुलना गर्दै आएका छन् ।

 

प्रतिक्रिया