
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । अमेरिकी सेनाका पूर्वमरिन ब्रिआन बर्लेटिक एक लेखक हुन । हाल उनी थाइल्यान्डमा बस्ने गरेका छन् । उनी युरोप तथा एसियाको भूराजनीतिक मुद्दामा लेख्छन्, बोल्छन् । नेपालको जेनजी आन्दोलन पश्चात उनै बर्लेटिकले सामाजिक सञ्जाल एक्समा लेखेको लेखको अंश यस्तो थियो । नेपालको सत्ता परिवर्तनमा भएको मिथ्या सूचनाको जालो तोडौँ है त । आर्नड बरटान्डले मसँग बहस गर्न चाहेनन् । बरु मलाई ब्लक पो गरे । नेपालमा कैयौँ वर्षदेखि अमेरिकाले विभिन्न संस्थालाई प्रायोजन मात्रै गरेन कि उसले नेपालको जेन–जी आन्दोलनमा प्रत्यक्ष सहभागिता जनायो । जनताका जायज गुनासाहरू रहेकोमा कसैले नकार्दैन । तर, जनता आफै एकै हप्तामा संगठित हुन सक्दैनन् । संगठित भएर जरा गाडेर बसेको सत्ता उल्ट्याउन सक्दैनन् । यसो गर्न त धेरै थोक चाहिन्छ । नेतृत्व चाहिन्छ । पैसा चाहिन्छ । तयारीहरू चाहिन्छ । सरसामान चाहिहाल्यो । जनशक्ति, सञ्चार र अरु कैयौँ कुरा चाहिन्छ । देशमै भएका दल तथा संघसंस्थाहरूलाई यस्तो गर्न सम्भव छैन । तर, यसैका कारण आन्दोलन अर्ग्यानिक हो वा विदेशी हस्ताक्षर वा स्वदेशी विपक्षीको हो भन्ने पत्ता लगाउन सहज बनाउँछ । मैले एक भिडियो बनाएर यी सवालको चर्चा गरेपछि आर्नडले मलाई जवाफ दिएनन् । बरु ब्लक गरे ।
मेरो भिडियोमा मैले अमेरिकाले प्रायोजन गरेका विभिन्न नेपाली संस्थाको नाम लिएको थिएँ, जसले सामाजिक सञ्जालमार्फत् विधेयकको कडा विरोध गरेका थिए । यो एक महिना अगाडिको घटना थियो । अमेरिकाले नेपालकेन्द्रित गरेर विभिन्न संस्थालाई प्रायोजन गरेको छ । यो सूचीमा कम्युनिटी टु प्रोटेक्ट जर्नालिस्ट, नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम नेपाल, काउन्टेबिलिटी ल्याब, चाइल्ड सेफ नेट, लिगल एन्ड कन्सल्टेन्सी सेन्टर आदि छन् । ‘हामी नेपाल’ नामक संस्था पनि भइहाल्यो । यसले नै हो आन्दोलन हाँकेको ।
यसैले हो डिस्कर्ड नामक सामाजिक सञ्जालबाट अन्तरिम सरकार बनाएको । ‘हामी नेपाल’का प्रायोजकको सूचीमा अमेरिका तथा युरोपेली प्रायोजकहरूलाई ‘साझेदार’को रूपमा राखिएको छ, जसमा सीआईएबाट सञ्चालन हुने नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीदेखि चीनविरोधी संस्थाको सूची अटाएका छन् । यो सूची हामी नेपालको आधिकारिक वेबसाइटमै छन् । अमेरिकामा प्रमाणित संस्थाको प्रायोजनले गन्ध दिइहाल्छ । त्यहाँ विटच्याट पनि प्रयोग गरिएको छ ।
बिटच्याट अमेरिकाले विकास गरेको एक ब्लुटुथ सञ्चार एप हो । यसको विकास ज्याक डोर्सीले गरेका हुन् । ट्विटरको नेतृत्व गर्दा उनले अमेरिकाको स्टेट डिपार्टमेन्टसँग मिलेर विश्वका धेरै देशको सत्ता उल्ट्याउन भूमिका खेलेका थिए । यो एपको विकास नै सत्ता पल्टाउने कर्मका लागि बनाइएको हो । यसको अभूतपूर्व प्रयोग नेपाल र इन्डोनेसियामा रातारात बढेको थियो । यी कुराले नै शंका जन्माउँछन् । सारांसमा यी सबै नै प्रमाण हुन् । यसलाई अस्वीकार गर्नेहरू कि त आफूखुसी सोच्नेहरू छन् । कि त घातक झुटो बोल्नेहरू छन् । आर्नडले आफूलाई दोस्रो कित्तामा राखेका छन् । तर, प्रश्न जन्मन्छ–यो सबै किन त ?
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया