
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
एचबी चन्द/काठमाडौँ । हालै सम्पन्न नेकपा (बहुमत) स्थायी समितिको बैठकले देशभर फैलिएको जेनजी आन्दोलनलाई जनताको असन्तोष र विद्रोहको ऐतिहासिक विस्फोटको रूपमा मूल्याङ्कन गरेको छ । भदौ ३१ देखि असोज ४ गतेसम्म बसेको स्थायी समितिको बैठकले भदौ २३ र २४ गते देशभर फैलिएको आन्दोलनको राजनीतिक मूल्याङ्कन गर्दै क्रान्तिकारी नेतृत्वको अभावका कारण जनविद्रोह अपहरणमा परेको निष्कर्ष समेत निकालेको हो । बैठकले नेपालको हालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई नोकरशाही दलाल पूँजीवादी व्यवस्थाको चरम असन्तुष्टिको परिणाम बताउँदै हालको सत्ता संरचना नै संकटको मुख्य स्रोत भएको ठहर गरेको छ । पार्टीका अनुसार जेनजी आन्दोलनको पृष्ठभूमि लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, राष्ट्रघात, एकाधिकार, बेरोजगारी र सामाजिक असमानतामा निहित थियो । सरकारमाथिको अविश्वास, सत्तारूढ दलबीचको आन्तरिक संघर्ष र जनजीवनमा फैलिएको आर्थिक सङ्कटले देशलाई ज्वालामुखीझैं विस्फोटको स्थितिमा पुर्याएको ठहर गरिएको छ ।
पार्टीले जेनजी आन्दोलन प्रारम्भमा “भ्रष्टाचार अन्त्य र कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन” जस्ता मागका साथ सुरु भए पनि, राज्यद्वारा गरिएको बल प्रयोग र जनहत्या पछि यो आन्दोलन व्यापक विद्रोहमा परिणत भएको र त्यसपश्चात सत्ता व्यवस्थापन सेनाको नियन्त्रणमा गएको ठहर बैठकले गरेको छ । सेनाले प्रत्यक्ष शासन नलिए पनि दलाल पूँजीवादी गुट र विदेशी सल्लाहमा अन्तरिम सरकार गठन भएको ठहर गरेको छ । पार्टीले यस प्रक्रियामा अमेरिका र भारत दुवैको सक्रियता रहेको दाबी गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्यमा समेत भारतीय प्रभाव देखिएको आरोप लगाएको छ । पार्टीले भदौ २४ पछि आन्दोलनको नेतृत्व अदृश्य शक्तिले कब्जा गरेको उल्लेख गर्दै युवा वर्गको असन्तोषलाई संगठित जनक्रान्तिमा रूपान्तरण गर्न नसक्नु र विचारधारात्मक अस्पष्टताका कारण आन्दोलन अपहरण भएको जिकिर गरेको छ । साथै बैठकले जनविद्रोह सफल हुनका लागि “सही विचार, सही नेतृत्व र जनसेना” आवश्यक हुने ठहर गर्दै ती तत्वको अभावले जेनजी आन्दोलन बुर्जुवाहरूको हातमा परेको निष्कर्ष निकालेको छ ।
पार्टीले आफ्नै भूमिकाको पनि आत्मसमिक्षा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको नीति सही भए पनि कार्यान्वयन र संगठनात्मक तयारी कमजोर रहेको स्वीकार गरेको छ । जनसंगठन र जनसहभागिता विस्तारमा कमजोरी स्वीकार गर्दै आगामी रणनीति पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले जनमेललाई भने । उक्त बैठकले पाँच प्रमुख निष्कर्ष समेत निकालेको छ । पहिलो : नेपालको राजनीतिक अवस्था विस्फोटक बिन्दुमा पुगेको छ । दोस्रो : पार्टीको मूल्याङ्कन सही सावित भएको छ । तेस्रो : नेपाली युवामा विद्रोहको उच्च क्षमता छ । चौथो : नेतृत्वविहीन आन्दोलन उपलब्धिविहीन रहन्छ र पाँचौ : जनताको आफ्नै सैन्य शक्ति नहुँदा उपलब्धि अपहरण हुन्छ । बैठकले अब पार्टीलाई विचारधारात्मक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्संरचना गर्दै “लाल जेन–अल्फा” नामक नयाँ क्रान्तिकारी युवा ढाँचा निर्माण गर्नेतिर ध्यान दिने बताएको छ । साथै, ग्रामीण र शहरी बस्तीमा “सोभियत शैलीका जनसत्ता” निर्माण गर्ने संकेत पनि दिएको छ । वर्तमान अन्तरिम सरकारलाई “यथास्थितिवादी र पश्चगामी” ठहर गर्दै पार्टीले त्यसको समर्थन नगर्ने र संविधान पुनर्लेखनसहित “वैज्ञानिक समाजवादी संविधान” निर्माणका लागि आन्दोलन गर्ने रणनीति तय गरेको छ । अबको यात्रामा पार्टीकोे लक्ष्य जनविद्रोह र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना रहेको र त्यसका लागि नयाँ एकता, नयाँ संगठन र नयाँ आन्दोलन अपरिहार्य भएको पार्टीले बताएको छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया